२०८१ फागुन ४ गते | 16th of February 2025

पत्रकारलाई अब एडिएसएल मशसुलमा ६० प्रतिशत छुट

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २० गते १४:००

काठमाडौं २० साउन । सरकारले पत्रकारलाई राहत स्वरुप भत्ता तथा एडिएसएल सुविधामा विशेष छुट दिने तयारी गरेको छ । शुक्रबार सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले आफ्नो कार्यदिशा प्रस्तुत गर्दै लामो समय पत्रकारितामा योगदान पुर्‍याएका ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिने जनाएका हुन्। त्यसका लागि पत्रकार वृत्ति कोष स्थापना २०७४ मंसिरभित्र गर्ने उनले जनाएका छन्।

उनले संचारकर्मीहरूको योगदान र आवश्यकतालाई ध्यान दिएर उनीहरूले प्रयोग गर्ने एडीएसएलको महसुलमा ६० प्रतिशत छुट दिने जनाएका छन्। यो यो व्यवस्था कहिलेदेखि लागू हुने भनेर अहिले खुलाइएको भने छैन। सिनामंगलस्थित संचारग्राम र पत्रकारको आवागमन भइरहने स्थानमा निस्शुल्क वाईफाईको व्यवस्था गर्ने कार्ययोजना पनि उनले प्रस्तुत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *