काठमाडौं, २४ साउन । काठमाडौंको कलंकीमा मंगलबार विहान सडक दुर्घटना भएको छ । बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ ।
बिहान साढे ६ बजे ना ४ ख २७१३ नम्बरको बसले बा ६३ प ३५३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अभिषेक घिमिरेको ज्यान गएको हो ।
नुवाकोटक बेलकोट–६ का घिमिरे कलंकी बस्दै आएका थिए । बसको ठक्करबाट गम्भीर घाइते भएका घिमिरेको वीर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।