लसएन्जल्स (अमेरिका)- नेपाल अमेरिका एकता समाजले हरेक वर्ष आयोजना गर्दै आएको हिन्दु महिलाहरूको महान् चाड तीज पर्व यो वर्ष पनि “हरितालिका तीज शुभकामना साँझ -२०७४” भव्य रूपमा आयोजना गर्न गइरहेका छ । स्थानीय संघसंस्थाहरुको समन्वय तथा सहकार्यमा एकता समाजले आयोजना गर्न गई रहेको यो कार्यक्रम विशेष मनोरन्जनात्मक हुनेछ ।
कार्यक्रममा तीज विशेस स्थानीय नृत्यहरुका साथै विशेष सांस्कृतिक प्रस्तुतिका लागि आम नेपाली संगीतप्रेमीहरुका मन मुटु मा बस्न सफल चर्चित गायक गायिका शिव परियार र निशा सुनुवारको विशेस सांगीतिक प्रस्तुति रहने जानकारी समाजका बोर्ड सदस्य नवीन पोखरेलले दिनु भयो ।
नेपाल अमेरिका एकता समाजको आयोजनामा गत वर्षझैँ यो वर्ष पनि स्थानीय सम्पूर्ण दाजु-भाईहरुलाई माइतीको भूमिका निर्वाह गर्दै परदेशको यो भूमिमा मातृभूमिको प्रचलन तथा पर्व लाई आफ्ना चेलीबेटीहरुलाई सामूहिक निःशुल्क दर खुवाउने कार्यक्रममा संस्थाले सम्पूर्ण स्थानीय चेलीबेटीहरुलाई हार्दिक निमन्त्रणा गरिएको छ ।
स्थानीय शहर आर्टिसियाको तारा हिमालयन कुजिनमा अगस्ट १३ तारिख आइतबार बेलुकी ७ बजे बाट सुरु हुने सो कार्यक्रम सफल पार्न स्थानीय संघ संस्था, सञ्चार माध्यम, समुदाय सदस्यहरूको सबैको उत्तिकै हातेमालो, सहकार्य र सहभागिता रहेको संस्थाका अध्यक्ष सूर्य प्रसाईले बताउनु भयो ।
अध्यक्ष प्रसाईका अनुसार संस्थाको स्थापनाकाल देखि भव्यताका साथ मनाउदै आएको यो पर्वमा गत साल एकता समाजले झन्डै ४५० को हाराहारीमा स्थानीय चेलीबेटीहरुलाई निःशुल्क दर खुवाएको थियो भने विवाहित हिन्दु नारीको प्रतीक टिका र पोते समेत चेलीबेटीहरुलाई उपहार स्वरूप प्रदान गरिएको थियो र सम्पूर्णलाई यसै सूचना मार्फत उपस्थितिको निम्ति आह्वान समेत गरेका छन् ।
कार्यक्रम :
मिति : १३ अगस्ट २०१७ , आइतबार
समय : बेलुकी ७ बजे
स्थान : तारा हिमालयन कुजिन आर्टिसिया, लस एञ्जलस