२०८१ वैशाख २८ गते | 10th of May 2024

उत्तर कोरियाले अमेरिकाको गुआममा आक्रमण गर्ने योजना

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३१ गते ६:०१

 

 

एजेन्सी ३१ साउन । उत्तर कोरियाका नेता किम जोङ–उनले प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआममा मिसाइल आक्रमण गर्ने योजना बारे अरु नेता तथा उच्च सैन्य अधिकारीलाई जानकारी गराएका छन । नेता किमले देशका नेता तथा सैन्य अधिकारीलाई गुआममा मिसाइल आक्रमणको तयारी बारे विस्तृत जानकारी गराउनु भएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । गुआममा मिसाइल आक्रमणका लागि उत्तर कोरिया तयारी अवस्थामा रहेको तर नेता किम त्यहाँ आक्रमण गर्नुअघि अमेरिकाको गतिविधिको निरीक्षणमा रहेको दाबी गरिएको छ । अमेरिकाले केही कदम चाल्ने बित्तिकै नेता किमले मिसाइल आक्रमणका लागि आदेश दिने दाबी गरिएको छ । गएको हप्ता उत्तर कोरियाले गुआममा चारवटा मिसाइल आक्रमण गर्ने तयारी गरेको बताएको थियो । गुआममा अमेरिकी बमवर्षक विमान तथा हतियारको भण्डार छ । अमेरिकाले पनि उत्तर कोरियाले आफ्नो गतिविधि नियन्त्रणमा नराखे सैन्य कारवाहीका लागि तयारी अवस्थामा रहेको र त्यो अवस्था आए उसले गम्भीर मूल्य चुनाउनु पर्ने चेतावनी दिँदै आएको छ । उत्तर कोरियाले पछिल्लो महिना दुईवटा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेपछि अमेरिकाको पहलमा संयुक्त राष्ट्रसंघले नयाँ प्रतिबन्ध लगाएको छ । त्यसपछि उत्तर कोरिया र अमेरिकाबिचको तनाव उत्कर्षमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *