एजेनसी, फागुन २४ ।
रोजगार अनुमति प्रणाली ९इपीएस० कोरीयन भाषा परीक्षा आगामी जेठ २७ र २८ गते हुने भएको छ ।
वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले मंगलवार एक सूचना जारी गर्दै जेठ २७ र २८ को लागि परीक्षा मित तय गरेको हो ।
यसवर्षदेखि आवेदन फाराम अनलाइनमार्फत भर्ने व्यवस्था मिलाइएको छ । उत्पादनमूलक र कृषि तथा पशुपालन गरी दुई क्षेत्रका लागि हुने भाषा परीक्षाका लागि आगामी चैत ९ देखि १८ गतेसम्म आवेदन फाराम बुझाउन सकिनेछ ।