काठमाडौ ५ भदौ । नेपाल इन्टरनेशनल फिल्म एकेडेमीको व्यानरमा मुभी ‘माउण्टेन्स’ बन्ने भएको छ । यस मुभीलाई सोम कुस्कुमाझीले निर्देशक गर्ने भएका छन । उक्त मुभीमा प्रमुख रोलमा मंगोलियन अनुहार देखिने भएका छन ।
निर्देशक सोमका अनुसार मुभीमा मिलन सुनुवार छिरिङ शेर्पा मुख्य भुमिकामा देखिने भएका छन । दसै पछाडि फ्लोरमा जाने निर्देशक बताएका छन । विशेष गरी हिमाली क्षेत्रको जनजीवनमा आधारित कथामा मुभी बन्ने भएको छ । यस मुभीको छायाँकन हिमाली क्षेत्रमा हुने र विशेष गरेर मनाङ, मुस्ताङ, डोल्पा, सोलुखुम्बुको खुम्बु एभरेष्ट रिजन आसपासमा छायाँकनन गरिने निर्देशक सोम कुस्कुमाझीले बताएका छन ।
सकेसम्म यस चलचित्रमा रियारिटी कथामा बन्न लागेका निर्देशन र अन्तराष्टिय अवार्ड ओस्कार अवार्डसम्म पुग्ने गरी कथा तथा छायाकन स्थल छनौट गरिएको छ ।