कपिलवस्तु, १३ भदौ । वाणगंगा नगरपालिका–९ बर्दहवास्थित मन्दिरको प्रतीक्षालयमा आज एक युवती मृतावस्थामा फेला परेकी छन् ।
मानसिक सन्तुलन ठीक नभएकी अन्दाजी १८÷२० वर्षीया ती युवतीको कुनै पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए । मानसिक सन्तुलन ठीक नभएकी ती युवती एक हप्तादेखि सोही गाउँमा बस्दै आएकी थिइन् ।