२०८१ साउन १२ गते | 27th of July 2024

एनआरएन अमेरिकाका अध्यक्ष डा. पौडेलद्दारा दोस्रो कार्यकालको लागि पून : उम्मेद्वारी घोषणा (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन २७ गते ४:३०

एनआरएन अमेरिकाको आसन्न निर्वाचनको माहौल तातिरहेको बेला बहुप्रतिक्षित घोषणालाई निमिट्यान्न पार्दै बर्तमान कार्यसमितिका अध्यक्ष डा. केशब पौडेलले आफु पून: अध्यक्ष पदमा निर्वाचन लड्ने घोषणा गर्नुभएको छ ।  आफ्नो टीमले शुरु गरेका कार्यहरुलाई फत्ते गर्न आफ्नो उम्मेद्वारी दोहोरिएको डा. पौडेलले बक्तब्यमा जनाउनुभएको छ ।

बिहिबार सामाजिक संजाल मार्फत डा. पौडेलले अध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

एनआरएन अमेरीकालाई संसारकै शक्तिशाली एनआरएन बनाउने उद्घोष सहित डा. पौडेलले दोश्रो कार्यकालका लागी उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

आफ्नो कार्यकालमा भएका कार्यहरु लगायत भावी योजनाहरु सहित लिखित मन्तव्य मार्फत उम्मेद्वारी घोषणा गरेका डा. पौडेलको वक्तव्यको पुर्ण भिडियो :

https://www.facebook.com/keshab.paudel7/videos/10155136149147360/

डा. पौडेलको बक्तब्यको पूर्ण पाठ :

आदरणीय अमेरिकावासी बुवा-आमा, दाजु-भाई तथा दिदी-बहिनीहरु,
हार्दिक अभिवादन सहित नमस्कार !
नेपालको तनहुँंको कलेस्तीमा जन्मिएर यहाँंहरुजस्तै सुनौलो सपना बोकेर परदेशिएको म प्रवासमा हामी नेपालीहरुको भोगाइ, रहन-सहन र अनुभवको जीवन नै तपाईंइंहरुजस्तै मेरो पनि समान दिनचैर्या हो । भबिश्य खोज्दै हिंड्ने सपनावाल आखिर त्यही जन्मभुमी नेपालको पाखा-पखेरा, खोरिया-कान्ला, गाउं र समाजकै परिबेशबाट हुर्किएको हुन्छ । त्यही दु:ख सुख, अल्झन र ब्यबधानले हामीलाई जन्मभुमीबाट पर पुर्याउंछ । र हामी पर रहेका हामीहरुकै आपसी दु:ख सुखसंग हातेमालो गर्न एक हुन जमर्को गर्दछौं । किनकी एकता हामी नेपालीहरुको पहिचान हो ।
माहेन्द्री मा बि को स्कुले जीवन, त्रिभुवन विश्वबिद्धालयको चिकित्सा बिज्ञान अध्ययन, महाराजगन्ज चिकित्सा अध्ययन संस्थानमा सेवा, सन २००५ देखी अमेरिका प्रवेश गरी टेनेसी विश्वबिद्धालयबाट हस्पिटल ब्यबस्थापनमा एमबिएसंगै न्युयोर्कको मोन्टिफोयर मेडिकल सेन्टरबाट मेडिकल डाक्टर  पोष्टग्रयाजुएट कोर्स पुरा गरी न्युयोर्ककै सनी अपस्टेट मेडिकल बिस्वबिध्यालय बिन्ह्यम्टन कलेजमा सहायक प्राध्यापक हुंदै जीवनले हाल न्यू मेक्सिको राज्यको लभलेस हेल्थ सिस्टम अल्बकर्कीको सिनियर मेडिकल डिरेक्टरको रुपमा कार्यरत गराएको छ । सोसाइटी अफ हस्पिटल मेडिशन, न्यू मेक्सिकोको २०१४-१६ को अध्यक्ष हुंदै एउटा बिद्धार्थी जीवन, उच्च शिक्षाको खोजी र कार्यक्षेत्रका कारणले अमेरिकाका बिभिन्न राज्यहरुसंगको यात्राानुभवले मलाई अब बांकी रहेको जीवनमा प्रवासमा नेपाली समाजसंग अझै सामिप्यताको लागी हातेमालो गर्ने चाह र सपना जाग्यो ।
धेरथोर राजनैतिक अनुभव, तनहुँं जस्तो सुन्दर जन्मथलो जिल्लाको बालशाखा र जन्मभुमी सुन्दर नेपालको गर्बिलो राष्ट्रियतालाई अमेरिकामा फैलाउन एउटा भरपर्दो संस्थाको रुपमा रहेको एनआरन, अमेरिकाको बरिश्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिदैं मैले ‘नेपालीका लागी नेपाली नै’ भन्ने सोच्दै पूर्ण रुपमा सामाजिक अभियानमा संलग्न हुने निधो गरें । २०१४ जुनमा सम्पन्न गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचनमा आफ्ना पक्षमा सकरात्मक माहौल देखिएका बेलामा पनि अग्रज र कानुनबिद खगेन्द्र जिसीज्यूका लागि उहांलाई सघाउने योजनामा आफ्नो उमेद्वारी फिर्ता लिएं ।
खगेन्द्र जि सीज्य्यू एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्ष निर्वाचित हुनुभएपश्चात संघको सल्ल्हाकारको रुपमा मैले काम गर्ने सु-अवसर पाएं । गैर आबासीय नेपाली संघ, अन्तरास्ट्रिय समन्वय परिषदको आठौँ क्षत्रिय सम्मेलन – २०१४, जापानको नागानो केन शहरमा आयोजना हुंदा उक्त सम्मेलनमा झन्डै दर्जन अमेरिकाबासी नेपालीहरुसंगै आफुलाई सहभागिता जनाउन पाएं । एनआरएनप्रतिको झुकाव र लगावले यसको चिनारी र सदस्यता बिस्तारका लागि अमेरिकाका धेरै राज्यका कुना-कुनामा नेपाली समाज, समाजका अगुवा र सामुदायिक सदस्यहरुसंग उठबस गर्ने सुनौलो अवसर मिल्यो । चुनावमा उठ्न, जित्न र जिताउनका लागि नभै बिशुद्ध एनआरएन सदस्यता अभियानमा यहाँंहरुको अती निकट माया, सद्भाव र पारिवारिकताले सन २०१५-२०१७ को एनआरएन निर्वाचनमा अमेरिकी समुदायमा सबैभन्दा शक्तिशाली संस्था र संसारकै सबैभन्दा बढी सदस्य संख्या रहेको गर्विलो एनआरएन, अमेरिकाको अध्यक्ष पदमा निर्वाचनमा भाग लिने अवसर मिल्यो ।
अमेरिकी नेपाली समुदाय, तपाईंं आदरणीय सामुदायिक अभियान्ता र एनआरएन अमेरिकाका शुभेच्छुकहरुको असिम माया र सद्भावले २०१५-२०१७ कार्यकालको एनआरएनको अध्यक्ष पदमा बिजयी बनायो । घमन्ड नगरी भन्नैपर्छ, कुनै दिन सप्ताहन्त परिवार र ब्यक्तिगत जीवन नभनी एनआरएनकै कार्यक्रमले यी दुई बर्ष सकिन लागे । त्यो कुदाई, भोगाई र यहाँंहरुको मायाप्रति गर्व गर्दछु, किनकी कुदेर र भोगेर केही परिवर्तन गर्नाका लागि म एनआरएनमा समाहित भएको हुँं ।
आदरणीय बुवा-आमा, दाजु-भाई तथा दिदी-बहिनीहरु,
गत २०१५-१७ कार्यकालमा अध्यक्षको रुपमा माया बोकेर कहिले अमेरिकाका कुना कुनामा, ओखती बोकेर भुकम्पले ग्रसित जन्मभुमीमा त नारा बोकेर संसारका अन्य एनआरएन मुलुकमा मैले आफुसक्दो एनआरएन अभियानमा सक्रिय रहेर बिताएं । काम गर्दै जांदा गल्ती हुन्छन, म र मेरो टीमले सबै राम्रा कामहरु मात्र गरे म भन्दिन । तर राम्रा कामहरु धेरै भएका छन । सारांशमा भन्नुपर्दा, हामीले उठाएका मुद्दा र फत्ते गर्न बांकी रहेका कामहरुको निरन्तरताका लागि फेरी पनि एनआरएन, अमेरिकामा काम गर्न सक्ने विश्वाशिलो टीमको खांचो छ ।
मेरा कार्यकालमा सम्पन्न भएका केही उल्लेख्य उपलब्धीहरुको मैले संक्षिप्त ब्याख्या यहाँ उपयुक्त ठानें ।
एनआरएनए एनसीसी अमेरिका २०१५/२०१७ बोर्डका उपलब्धिहरु
– जन्मभुमी नेपालमा २०१५ मा आईपरेको महाभूकम्पका पिडितको उद्धार, उपचार  तथा व्यवस्थापनमा ठुलो सहभागिता तथा उच्च योगदान,
– अमेरिकाको सरकारबाट अमेरिकामा रहेका नेपालीलाई टि-पी-एस सुबिधा प्रदान गराउनका लागि विभिन्न ठाउँमा सेमिनार, अन्तरक्रिया कार्यक्रम, वर्क शप, सम्पर्क तथा सिग्नेचर क्याम्पेनमा सहकार्य, संचालन र ब्यन्बस्थापन,
– अमेरिकाका विभिन्न ठाउँका ग्यास स्टेशन र कंभिनियेंट स्टोरहरुमा भएका बन्दुक आतंकबाट नेपालीहरुको हत्या गरिएकोमा उक्त आतंकित गतिबिधि रोक्न स्थानीय र राष्ट्रिय संचार माध्यम, सुरक्षा निकाय र जनतासंग स्वास्थ्य र सुरक्षा बिषयक वर्क-शप र सेमिनारको आयोजना,
– नेपालको संबिधान २०१५ को प्रस्तावित ड्राफ्टमा सल्लाह तथा सुझावका लागि कार्यक्रमको आयोजना र सामुहिक सुझाव संकलन गरि एनआरएन अमेरिकाको संयुक्त सुझाव नेपाल सरकारलाई हस्तान्तरण । जसमा बिशेषत: नेपाली नागरिकताको निरन्तरताको लागि अपरिहार्य र बलियो सुझाव प्रस्तुत,
– अमेरिकाका मध्य-पश्चिम क्षेत्रका स्थानीय र क्षेत्रिय नेपाली संघ संस्था बीच समन्वय ल्याउन र भविष्यमा एनआरएन संग सहकार्य गर्नको लागि कार्यक्रम प्रस्तुत,
– सिन्धुपाल्चोक जिल्लाको सिपा तिनघरे संस्कृत स्कुल लगायत अन्य जिल्लाका महाभूकम्पबाट क्षतिग्रस्त स्कुलहरु पुनर्निर्माण गर्न सहयोग,
– महाभुकम्पको बिपतमा नेपालमा भारतले लगाएको प्रतिबन्धको बिरोधमा अमेरिकाका विभिन्न शहरमा जानकारी मुलक सभा तथा बिरोध कार्यक्रम, भारतीय प्रतिबन्धले ल्याएको मानब अधिकार उल्लंघनको बिरोधमा न्यु योर्कको संयुक्त राष्ट्र संघ भवनमा गई संयुक्त राष्ट्र संघका प्रमुख बान्की मुन लाई ज्ञापन पत्र, साथै यस प्रतिबन्धले औषधिको अभाव भै अस्पतालमै नेपालीहरुको ज्यान गएकोले अमेरिकामा आकष्मिक रकम संकलन गरि औषधिका लागि नेपालमा रकम हस्तान्तरण,
– नेपालको नाम उच्च पार्ने हिरो संजय पण्डित, अमेरिकामा मृत्यु भएका उमेश कक्षपतिको फ्युनेरल लगायत अन्य रकमहरु आकस्मिक सहयोग कोषबाट सहयोग गरिएको, नेपालको तराइमा भएको आगलागी तथा अन्य भागमा भएका बाढी पिडित जस्ता बिषयमा सहयोग संकलन गरि हस्तान्तरण,
– नेपालमा नेपाली तथा अमेरिकन स्वास्थ्यकर्मीद्वारा नि:शुल्क स्वास्थ्य शिबिर संचालन,
– एनआरएन अमेरिकाको क्षेत्रिय कार्यालय संचालन,
– नेपाल (चितवन/तनहुँ, देबघाट) मा बृद्दा आश्रम बनाउने निर्णय गरि सहयोग रकम संकलनका साथै निर्माण कार्यको शिलन्यास,
– अमेरिकामा विश्व भरिका एनआरएनहरुलाई समेटेर “भिजन २०२० एण्ड बियोंड” को उदेश्य बोकेको क्षत्रिय सम्मेलन सम्पन्न, उक्त सम्मेलनबाट संकलित रकम एनआरएनएको केन्द्रीय भवन निर्माणका लागि करिब नेपाली रुपैया एक करोड सहयोग,
– एनआरएन अमेरिका, अमेरिकामा रहेका एनआरएनहरुका लागि मात्र सस्तोमा ऋण दिने र रकम जम्मा गरे बापत अरु बैंक भन्दा राम्रो ब्याज उपलब्ध गराउने उदेश्यसहित प्रस्तावित एभेरेस्ट फेडेरल क्रेडिट युनियन नामको बित्तिय संस्था दर्ता गर्ने प्रकृयाको रफ्तार,
– एनआरएन अमेरिका यसका स्थानीय च्याप्टरको सक्रियतामा अमेरिकाका विभिन्न राज्यहरुमा सामुदायिक भवन बनाउने प्रकृयालाई सहयोग,
 – टेक्सास राज्यको डलासमा फुनेरल होम बनाउने कार्यको शुरुवात,
– अमेरिकाका बिभिन्न नेपाली संघ-संस्थाहरुसंग सहकार्य गरि अमेरिका सरकारले अमेरिकामा बस्ने नेपाली लाई दिएको टिपीएस सुबिधाको अवधि बढाउन सफल,
– एनआरएन अमेरिकाको मेरिलैंड च्याप्टरले मेरिलैंडका नेपालीलाई आफ्नै नेपाली भाषामा ड्राइभिङ लाइसेन्सको परिक्षा दिन पाउने व्यवस्था, मिचिगनमा पनि त्यस्तै अनुमति प्राप्त गर्न एनआरएन अमेरिकाको मिचिगन च्याप्टरले पनि बिशेष कदम,
– अमेरिकाका एनआरएनद्वारा नेपालमा लगानी भित्र्याउन ‘पाइलट प्रोजेक्ट’ स्वरूप स्वास्थ्य क्षेत्रमा लगानी गर्ने मोडेल तैयार, प्रारम्भिक अध्ययन पुरा,
– एनआरएन अमेरिकाको स्टेप कमिटी मार्फत नेपाल र अमेरिका बीच ट्याक्स ट्रीटि गराई दोहोरो कर प्रणाली हटाउन नेपाल र अमेरिकाका सम्बन्धित निकायहरुसंग छलफल । बिगतमा भएका यस सम्बन्धि कार्यक्रमका बारेमा एनआरएन अमेरिकाका पुराना अधिकारीसंग सहकार्य भैरहेको र यसै पाँचौं साधारण सभामा परराष्ट्र मन्त्रि संग बिशेष छलफल गरि यसलाई द्रुत गतिमा अगाडी बढाउन पहल,
– नेपालका एक मात्र बिलिनियर डा. बिनोद चौधरी संग न्युयोर्कमा जनपरामर्स कार्यक्रम,
– नेपालका ख्याती प्राप्त समाजसेवी तथा प्राबिधिक डा. महावीर पुन संग एनआरएन अमेरिकाको स्टेप कमिटीले अन्तरक्रिया कार्यक्रम गराई प्रस्तावित राष्ट्रिय आविष्कार केन्द्र, नेपालको शुरुवात तथा संचालन गर्ने मोडेल प्रस्तुत, यस मोडेललाई नेपालको अन्य बिकाश क्षेत्रमा पनि लागु गर्न सकिने प्रस्ताव,
– एनआरएन अमेरिकाले नेपालमा अथवा बिदेशमा रहेका नेपालीका लागि अमेरिकामा रहेका नेपाली प्रशिक्षक, प्राध्यापक, प्राविधिक, तथा अन्य उच्च स्तरीय क्षमता भएका अनुभवी व्यक्तित्व संग आफुले चाहेको बिषयमा ज्ञान तथा तालिम लिन मिल्नेगरी “मेंटोरिंग प्रोग्राम” संचालन गर्ने तयारी,
– अमेरिकामा नेपाली मुलका व्यक्ति कति छन भन्ने बिषयमा धेरै पहिल्यै देखि सबैको चासो रहेता पनि कसैबाट यो काम शुरु हुन सकेको थिएन, एनआरएन अमेरिका र अमेरिकाको नेपाली राजदुतावास बीच सेन्सस संचालन र डेटाबेस मेनेजमेन्ट बिषयमा सहकार्य गर्ने भनि MOU भएपछी अमेरिकाका नेपालीहरुको जनसंख्या दुई लाख ५१ हजार जती रहेको तथ्य प्रस्तुत,

बिगत बर्षको निर्बाचन देखिनै पून: निर्वाचनमा आफुलाई संलग्न गराउने भन्दा पनि सशक्त रुपमा शुरुवात भएको कार्यहरुको सम्पन्नता तपाईंं हामीले चाहेको सफलता हो । अधुरो बाटो कसलाई हिंड्न मन हुन्छ र ? गन्तब्य नपहिल्याई बिचैमा छोडिएको यात्रा जसरी २०१० सालदेखी बिधिवत रुपमा अमेरिकी नेपाली समाजको ग्रास रुटसम्म स्थापित नेपाल सरकारबाट मान्यता प्राप्त यो सम्मनित संस्थाको माया, मान र मर्यादालाई उंचो राखन फेरी एक हुनु तपाईं हाम्रो कर्तब्य हो । सपना बोकेर प्रवासिएको सपने मनले बिदेशमा बस्ने नेपालीहरुको साझा संगठन हो, गैर आबासीय नेपाली संघ । यहि साझा संस्था भएको नाताले संघका योजना र कार्यक्रम प्रभाबकारी बनाउनका लागि सम्पूर्ण गैर-आवासीय नेपालीहरु बिच एकता हुनुपर्ने आजको अर्को आवश्यकता हो ।
आदरणीय बुवा-आमा, दाजु-भाई तथा दिदि-बहिनीहरु,
एकता, प्रयास र कार्य सम्पन्नताका खातिर प्रवासी नेपाली मनहरुको चाहना र आह्वानलाई पहिलो प्राथमिकतामा राखी सबैको सहयोग र समर्थनमा मेरो टीमले “क्यालेणडर अफ अपरेसनमा’ राखिएका सम्पन्न हुन बांकी रहेका कार्यहरु सम्पन्न गर्न आफु आसन्न एनआरएन, अमेरिकाको निर्वाचनमा दोस्रो कार्यकालका लागि म अध्यक्ष पदमा पून: उम्मेद्वार रहेको स-बिनय जानकारी गराउन चाहन्छु । म गराउन होईन, गर्न मैदानमा आएको हुँ । रवाफ, धाक, ईलम र ईतिहास सबैका आ-आफ्नै होलान । तर जिन्दगीको सबैभन्दा ठुलो सम्पत्ती भनेको अनुभव हो ।

शुरुदेखी नै प्रजातान्त्रिक प्रकृयाबाट सम्पन्न भएको निर्वाचनलाई स्विकार नगरी बिभिन्न वाहानमा अदालतसम्म गई यस कार्यसमितिलाई गरिएको प्रहारहरुको बावजुद हाम्रो कार्यसमितिले अभुतपुर्ब सफलता हासिल गरेको कुरा घाम जत्तिकै छर्लङ्ग छ । एक कुनामा रहेको एनआरएन, अमेरिकालाई संसारकै शक्तिशाली एनआरएन बनाउन अमेरिकी नेपाली समाजको ग्रास रुटसम्म पुर्याउन मैले पनि केही गरें भन्ने अनुभुती छ । जांगर, मनोकांक्षा र बातावरण स्थापनाको लागि महाभुकम्पले थल्लिएको आफ्नै जन्मभुमी नेपालको पुर्निर्माणको लागि एक हुन भावनात्मक दुतको रुपमा काम गर्न तथा अमेरिकी मैनस्ट्रिममा नेपाली दाँयास्पोराको पहुंच पुर्याउने मुख्य मुद्दाका साथमा एनआरएन, अमेरिकाको आगामी निर्वाचनमा अध्यक्ष पदमा आफुलाई पून: समाहित गरेको घोषणा गर्दछु ।

यहाँंहरुको सहयोग, सद्भाव र सुझाबको अपेक्षा सहित,
धन्यवाद !
नमस्कार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *