राजविराज, २७ भदौ । पूर्व–पश्चिम राजमार्गगअन्तर्गत सप्तरीको बरमोझियामा ट्याङकरको ठक्करबाट आज साँझ एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–२ बस्ने जनिख सेखका ६ वर्षीय छोरा जाबिर सेख रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सो ट्याङकरको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको थियो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.७ख ५७३८ नंको ट्याङकरले बाटो काट्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।