२०८२ पुष १७ गते | 1st of January 2026

मेगा बैंकका कर्मचारी अर्याल मृत फेला

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ २८ गते १५:११

रसुवा २८ भदौ । मेगा बैंक स्याफ्रुबेँसीमा कार्यरत एक कर्मचारीको बुधबार मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार मृत्यु हुनेमा बैंक कर्मचारी अन्दाजी ३६ वर्षीय सुरभ अर्याल रहेका छन् । उनी आफ्नै डेरामा बुधबार बिहान ११ः०० बजे मृत अवस्थामा फेला परेकाले शव परीक्षणका लागि जिल्ला अस्पताल धुन्चे ल्याइएको छ।

कामनपा वडा नं ३४ पुरानो बानेश्वर घर भएका अर्यालको मृत्युको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *