२०८२ वैशाख १५ गते | 28th of April 2025

तोकिए गोरखाका गाउँपालिकामा नयाँ कार्यकारी

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत ४ गते १४:५३

प्रकाश ढकाल
पोखरा, चैत ४ ।
स्थानीय तह कार्यान्वयनमा आएसँगै गोरखाका सबै गाउँपालिकामा नयाँ कार्यकारी अधिकृत तोकिएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बिहीबार जिल्लाका
चुमनुब्री, धार्चे, अजिरकोट, आरुघाट, भीमसेन, सिरानचोक, शहिद लखन, सुलिकोट र गण्डकी गाउापालिकामा नयाँ कार्यकारी अधिकृत तोकेको हो । नयाँ निर्णय अनुसार चुमनुब्रीमा सुन्दर श्रेष्ठ, धार्चेमा शेषकान्त पौडेल, अजिरकोटमा सोना श्रेष्ठ, आरुघाटमा एकदेव खनाल, भीमसेनमा जीवन आले मगर, सिरानचोकमा राजु आचार्य, शहिद लखनमा नारायण प्रसाद सापकोटा, सुलिकोटमा शैलेस राज ढुंगाना र गण्डकीमा देवराज चौलागाईँ कार्यकारी अधिकृत बनेका छन् । शहिद लखनका कार्यकारी अधिकृत सापकोटा चाहीँ यसअघि जिल्ला विकास समितिले तोकेकै कार्यकारी अधिकृत हुन् । उनलाई नयाँ ब्यवस्था नभएसम्म गाउँपालिकाको प्रमुखको रुपमा खटाईएको मन्त्रालयले जनाएको छ ।
सापकोटा बरिष्ठताको आधारमा मनकामना गाविसबाट निमित्त कार्यकारी बनेका हुन् । सबै कार्यकारी अधिकृतहरु सोमबारसम्म गाउँपालिकामा हाजिर हुने तयारी गरिरहेका छन् । यसअघि संक्रमणकालीन ब्यवस्थापन भन्दै जिल्ला समन्वय समिति गोरखाले बरिष्ठताका आधारमा गाविस सचिवहरुलाई निमित्त स्थानीय विकास अधिकारीको रुपमा खटाएको थियो । जिल्लाका सबै गाउँपालिकाबाट औपचारिक रुपमै काम सुरु भैसकेका छन् ।
सरकारले देशैभरका गाउँपालिकामा एकैसाथ कार्यकारी अधिकृत खटाएको हो । मन्त्रालयले विलम्ब नगरी कार्यक्षेत्रमा हाजिर हुन निर्देशन समेत दिएको छ । ७ सय ४४ स्थानीय निकायमध्ये ४ सय ८१ वटा  गाउँपालिका छन् । गोरखामा दुई नगरपालिका र नौ वटा गाउँपालिका कायम भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *