गायिका लक्ष्मी प्रधान नेपाली सांङगीतिक क्षेत्रमा चर्चित नाम हो । प्रधानले विशेष गरेर नेपाली मौलिक गीतहरुमात्र गाउने गरेकी छन । नेपाली मौलिक गीतहरु
केवल लक्ष्मी प्रधानले गाएका गीतहरुमा पाइन्छन । उनी चर्चा कमाउनकै लागि भने मौलिक शब्दाई तोडफोड गर्न नचाहने बताउछिन । त्यसैले उनलाई सदावहार गायिका भन्दा फरक पर्दैन ।
सुरिलो स्वरकी धनी गायिका लक्ष्मी प्रधानले पछिल्लो पटक फुलले नि भन्छ मै राम्री छु बोलको गीत बजारमा ल्याएकी छन । लक्ष्मीको स्वरमा सजिएको उक्त गीतलाई गणेश सुवेदीले शब्द रचना गरेका हुन । सचिन गिरीको संगीत भरेका छन । यस गीतलाई आकर्षक तरिकाले तिलक गौतमले छायाँकन गरेका छन । जीवन टण्डनको सम्पादन रहेको उक्त गीतको म्युजिक भिडियोमा कमल सिंह र प्रतिभा भुसालले अभिनय गरेका छन । म्युजिक भिडियोको निर्देशन रमेश धमलाले गरेका हुन ।
https://www.youtube.com/watch?v=goyw6iuhUDk