पाल्पा, २१ असोज । घरायसी विवादका कारण पाल्पामा भाइले अफनै दाइको हत्या गरेका छन । पाल्पाको माथागढी गाउँपालिका–६ का मानबहादुर ढेगा मगरले आफ्नै दाइ ६४ वर्षका लेखबहादुर ढेगा मगर को हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
अभियुक्त मान बहादुरलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मानबहादुरले काठको चिर्पटले हानेर दाइ लेखबहादुरको हत्या गरेका हुन् ।