२०८१ वैशाख १५ गते | 27th of April 2024

लागुऔषधको कारोबार गर्ने गिरोह पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ९ गते १५:१५

पोखरा, ९ कात्तिक । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोली आज पोखराको पृथ्वीचोकबाट लागुऔषध कारोबार गर्ने आठ जनाको एक गिरोहलाई पक्राउ गर्न सफल भएको छ ।

प्रहरीले उनीहरुका साथबाट एक हजार ५०० थान लागुऔषध बरामद गरेको छ । पक्राउ पर्नेमा भारतको वाफरगञ्जका शिवकुमार निषाद, पोखरा बाझा पाटनका इन्द्रप्रसाद गुरुङ, नागढुंगाका दीपेन क्षेत्री, रानीपौवाका सम्राट् राणा, धादिङ खनियाबासका कल्याण तामाङ र एलिया तामाङ, तनहुँ शुक्ला गण्डकीका मेखबहादुर गुरुङ र स्याङ्जा पुतलीबजारका अजय शाही भएको प्रहरीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *