२०८२ असोज २५ गते | 11th of October 2025

छतबाट खसेर शसस्त्र प्रहरीका जवानको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १७ गते ५:४५

संखुवासभा १७ कात्तिक । शसस्त्र प्रहरीका जवान मोवाइल फोनमा कुरा गरिरहेको बेला छतबाट खसेर मृत्यु भएको छ । अरुणदल गुल्म चैनपुरमा कार्यरत खाँदबारी ४ का चन्द्रमणि काफ्लेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
ड्युटीमै रहेका बेला शुक्रबार बिहान ३ बजेतिर मोबाइलमा कुरा गर्दैगर्दा उनी खसेका हुन्। घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
काफ्लेको शव पोष्टमार्टमका लागि खाँदबारी ल्याइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *