२०८२ वैशाख १४ गते | 27th of April 2025

चलचित्र ‘एक्स्ट्रा माया’ को पोष्टर सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २२ गते १५:५५

काठमाडौं २२ कात्र्तिक् । रीच इन्टरटेनमेनको ब्यानरमा निर्माण भएको चलचित्र ‘एक्स्ट्रा माया’ को पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा निकै हट सिन देखाइएको छ ।

पोष्टरमा देखाइए अनुसार एक जना प्रेमीले तीन जना प्रेमीसंग एकप्रेमीले अर्को प्रेमीसंग गरेको माया थाहा नहुनेगरी कसरी प्रेम गर्न सक्छिन भन्ने कुरालाई देखाउन खोजिए जस्तो देखिएको अनौठो प्रेमलाई नै एक्स्ट्रा मायाको रुपमा प्रस्तुत गरिएको छ । पोष्टरमा युवती एकजना प्रेमीको अंगालेमा छन । ति प्रेमीले थाहा नहुने गरी अर्का प्रमी चुम्बन गरिरहेका छन भने युवतीको ध्यान तेस्रो प्रमी तिर गइरहेको छ । तेस्रो प्रेमीले ति युवतीलाई हातमा गुलाव देखाइ आफुतिर आर्कषण गरिरहेको देख्न सकिन्छ ।

यस चलचित्रमा पनि यस्तै कहानी रहेको निर्माता पक्षले जनाएको छ । यस चलचित्रलाई सोम कुस्कुमाझीले निर्देशन गरेका हुन । कमल केआर को निर्माण रहेको यस चलचित्रमा बासु न्यौपानेको छायाँकन रहेको छ । दिनेश माङमु लिम्बुको नृत्य निर्देशन, सन्तोष प्रगाढ तथा योङजंग लामाको संगीत। समिर मियाँको सम्पादन रहेको चलचित्र ‘एक्स्ट्रा माया’ छिट्टै प्रदर्शनमा आउने निर्देशक सोम कुस्कुमाझीले बताए ।

चलचित्रमा अर्जुन खड्का, सुनिता बुर्लाकोटी, सनि सुनुवार, यमन माझी, शोभा भण्डारी, कमल फुयाँल, सरिता लामा, सृष्टी भण्डारी, कुमार अधिकारी लगायतले अभिनय गरेका छन । नयाँ कलाकारको साथमा सामाजिक कथामा आधारित चलचित्र बनेको निर्देशकको भनाइ छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *