लस एन्जलसमा ध्यान-योग कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)
खुल्लामन्च
प्रकाशित: २०७४ मंसिर ६ गते १०:०३
लस एन्जलस । जीवन बिज्ञान प्रतिष्ठान अन्तर्गत क्यालिफोर्निया राज्यको लस एन्जलस नगरीमा प्रथम पटक ध्यान, योग र प्रणायम जस्ता साधना मिश्रित ध्यान योग कार्यक्रम सम्पन्न भएको छ । गत आईतबारका दिन आयोजित कार्यक्रममा शक्ति स्वरूपा माता अम्बेको आराधना गर्दै ध्यानजगतका आविष्कारक श्रीमहादेवलाई नमनगरी गुरु बन्दनाबाट शुरुवात गरिएको थियो ।
लस एन्जलस क्षेत्र वरपर बसोवास गर्ने ३० जना नेपालीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा चक्र मिश्र, शारदा श्रेष्ठ तथा २२ बर्ष सम्म योग साधना गर्दै आउनुभएका बुबा सुरेश खरेलले पनि शरीर स्वास्थ्य राख्नको लागी ध्यान, योग तथा प्राणायमले ठुलो भूमिका खेल्ने बताउनुभयो ।
‘कलम जती कोरेपनि कुरा मनकै लेखिन्छ, जस्तो बिचार मनमा आयो उस्तै संसार देखिंछ ।’ जय ॐ श्री अम्बे 🌹हरी ॐ
ध्यान योग सम्बन्धी यस्तो कार्यक्रमको प्रथम पाइलालाई सफल बनाउन सहयोग गर्नुहुने महानुभावहरुलाई कार्यक्रम संयोजक तथा एनआरएन महिला उप-संयोजक संगिता लम्साल सिवाकोटीले धन्यवाद दिनुभएको छ ।