काठमान्डौं । मंसिर महिना विशेष गरेर लगनगाठो जोडने महिनाको रुपमा चिनिन्छ । मंसिर महिनामा गाउमा पञ्जेबाजा घन्कने गर्दछन भने शहरमा ब्याण्डबाजा बज्ने गर्दछन । पछिल्लो समयमा बिबाह गर्दा विशेष गरेर ब्याण्ड बाजालाई प्राथमिकता दिने गरेको पाइन्छ । जसका कारण नेपाली मौलिक बाजा विस्तारै लोक हुदै गएको छ । कतिपय आजका युवा पुस्तालाई त पञ्चेबाजा भनेको कस्तो हुन्छ भन्ने पनि थाहा नहुन सक्ने अवस्था आएको छ ।
पञ्चेबाजा हाम्रो लोकसंस्कृति हो । तर आज पञ्चेबाजा लोप हुदै गएको छ । यही परिवेशमा गायिका विमला श्रीसले लोक सस्कृतिलाई बचाउने एउटा सानो प्रयास गरेकी छन । उनले पञ्चेबाजमा आधारित ‘आउन माया काली तरेर’ बोलको गीत बजारमा ल्याएकी छन । गायिका श्रीसले उक्त गीत मार्फत नेपालको संस्कृतिलाई बचाउन तथा नेपाली परिवेशलाई शब्द मार्पmत दृश्यमा देखाउने प्रयास गरेकी छन । नेपाली परिवेशमा विबाह महोत्सवलाई कसरी सम्पन्न गरिन्छ भनेर यस गीत मार्पmत गायिका श्रीसले नेपाली संस्कृति झल्काउन खोजेको देखिन्छ विशेष गरेर लोक दोहोरी नगरी भनेर चिनिने लम्जुङ, स्याङजा, तनहु आसपासमा यो भाका चर्चित छ । त्यस आसपासमा बिबाह महोत्सव कसरी गरिन्छ । त्यहाको संस्कार कस्तो भन्ने कुरा गायिका श्रीसको गीतबाट थाहा पाउन सकिन्छ ।
लोकप्रिय गायक राजन भुजेल विश्वकर्मा र सुमधुर स्वरकी धनी गायिका विमला श्रीसको स्वरमा सजिएको ‘ आउन माया काली तरेर’ बोलको गीत प्रेम गर्ने जोडीहरुको कथामा आधारित छ । बेनी बजार निकै सुन्दर बजारका रुपमा चिनिन्छ । यही सुन्दर बजारमा प्रेम जोडीहरुको भेटघाट गर्ने सल्लाह यो गीतमा भएको छ । बिमला श्रीसको शब्द तथा संगीत रहेको उक्त गीत सन्देशमुलक रहेको छ । यस गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन भने सुरेश श्रेष्ठले निकै मेहनत गरेर कोरियोग्राफ गरेका छन । गीतको म्युजिक भिडियोमा हस्यकलाकार सुरवीर पण्डितले पुरोहितको भुमीकामा देखिएका छन । बिबाह मण्डवमा चर्चित मोडल रिना थापामगर मुख्य आकर्षण बनाइएको छ । साथमा सफल भुजेल विश्वकर्मा, सञ्जय मगर, अबि कार्की तथा शान्ति छन्त्यालको अभिनय म्युजिक भिडियोमा देख्न सकिन्छ । ।