२०८२ चैत १४ गते | 28th of March 2026

अपहरण मुद्दाका फरार अभियुक्त भेडिहर पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २ गते १५:२६

 

पर्सा, २ पुस । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

वीरगन्ज महानगरपालिका–३२, चोर्नी निवासी सूर्यप्रकाश गुप्तालाई अपहरण गरेको अभियोगमा विगत एक वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका पर्साको कालिकामाई गाउँपालिका–१ मुडली निवासी शिवनाथ राउत भेडिहरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

विसं २०७३ माघ ९ गते गुप्तालाई अपहरण गरी रु एक करोड ५० लाख फिरौती माग गरेको मुद्दामा फरार रहँदै आएका भेडिहरलाई शनिबार पर्साको छिपहरमाई गाउँपालिका–५ भिष्वाबाट विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिँए ।

उहाँले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त भेडिहर सीमावर्ती भारतीय शहरमा लुकीछिपी बस्दै आएको र कहिलेकाँही रातीको समयमा नेपाल भित्रिने गरेको पूर्वसूचनाका आधारमा राति ९ बजे उनलाई नियन्त्रणमा लिन सफल भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *