काठमाडौं, ४ पुस । निशान घिमिरेले निर्देशन गरेको ‘छटपटी छटपटी’ बोलको पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा डम्बर हिङमाङको स्वर तथा राज, सञ्जित र रोशनीको अभिनय छ । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन ।
म्युजिक भिडियो सम्पादनमा ख्याति कमाएका निशान घिमिरेले लामो समयदेखिको आफ्नो ‘कन्सेप्ट’लाई यो भिडियोमा उतारेको बताएका छन । भिडियोले युवा मनहरुमा बढेको बेचैनी, छटपटी र प्रेमलाई प्रस्तुत गरेको उनको भनाई छ ।