२०८१ असोज २० गते | 6th of October 2024

दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गरिँदै

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ५ गते १४:३५

काठमाडौँ, ५ पुस । नेपालले पहिलोपटक आफ्नै खर्चमा दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । यसभन्दा पहिले छिमेकी मुलुक भारत र चीनका विभिन्न कम्पनीले सगरमाथाको उचाइ मापन गरेपनि नेपालले सरकारीस्तरबाट पहिलोपटक मापन गर्न लागेको हो ।

सगरमाथाको आधिकारिक उचाइ सर्वे अफ इण्डियाको १९५४ को मापन आठ हजार ८४८ मिटरलाई मान्दै आएको छ ।  नापी विभागले आज पत्रकार सम्मेलन गरी १२ वटा बिन्दु बनाएर सगरमाथाको मापन गर्न लागेको जानकारी दिएको छ ।

सम्मेलनमा विभागका महानिर्देशक गणेशप्रसाद भट्टले सगरमाथाको उचाइ मापनका लागि समुद्र सतहदेखि गर्नुपर्ने भएकाले समुद्रदेखि भारतीय भू–भाग भारत र चिनियाँ भू–भागका लागि चीन सरकारलाई मापन गर्न अनुरोध गर्ने बताए ।

विभागले सगरमाथाको उचाइ मापन गर्न बनाइएको कार्यविधिलाई अन्तिम रुप दिन यही मंसिर २५ र २६ गते अन्तर्राष्ट्रिय गोष्ठीको आयोजनासमेत गरेको थियो ।

17 thoughts on “दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गरिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *