२०८१ वैशाख १५ गते | 27th of April 2024

चारपटक भर्तीमा फालिएपछि हेमेन्द्रलाई केटीले समेत पत्याइनन (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १८ गते ३:३४

काठमाडौं १८ पुस । नेपालमा बेरोजगारको समस्या विद्यमान छ । युवा पुस्ताहरु लाहुरे बन्नका लागि निकै मेहनत र संघर्ष गरिरहेका हुन्छन । व्रिटिस लाहुरे बन्ने सपना बोकेर हेमेन्द्रले निकै मेहनत गर्छन तर उनले व्रिटिस लाहुरे हुनु त परै जावस वेरोजगार भएर भौतारिन पुग्छन ।

चार पटकसम्म लाहुरे नभएपछि अन्तमा एउटा विकल्प सोचे कोही आइडीवाला केटी भएर उसैको आइडीमा विदेश पलायन हुने योजना बनाए । त्यही सिलसिलामा रोसिमासंग हेमेन्द्रको भेट हुन्छ रोसिमालाई हेमेन्द्रले आइडी छ की छैन बहिनी भनेर प्रश्न गर्छन । रोसिमाले हेमेन्द्रका लागि आइडी दिन चाहदिनन हेमेन्द्र एउटा वेरोजगार भएर नेपालमा नै थन्किन्छ ।

यो कथा गायक भुवन सुप्तिहाङ राइको आधुनिक गीत ‘आइडी छ की छैन बहिनी’ बोलको गीतमा समावेश भएको कथा हो । गायक राइले यस गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन । बुधबार सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा हेमेन्द्र र रोसिमालाई फिचरिङमा देखाइएको छ । बि सुप्तिहाङको निर्देशनमा बनेको म्युजिक भिडियोलाई सुरेन राइले कोरियोग्राफी गरेका हुन ।

सन्देशमुलक र भावस्पर्शी गीतहरु गाउदै आएका भुवन सुप्तिहाङ राईले प्रत्येक महिना जस्तो नयाँ नयाँ गीतहरु बजारमा ल्याइरहेका छन । भुवनको स्वरमा सजिएको यस गीतलाई दिनेश बान्तावाले संगीत भरेका छन । विरेन राइको शब्द रहेको यो गीत नेपालका युवाहरुमा देखिएको वेरोजगारको पिडा र छटपटीलाई भिडियोमा देखाउन खोजिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *