नेपाल अमेरिका पत्रकार सङ्घ नेजाको ११ औ सधारण सभा अमेरिकाको राजधानी वाशिंगटन डी. सी.मा शनिवार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन प्रमुख अथिती तथा नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर र नेजाका अध्यक्ष भोला आचार्यले पानसमा बत्ती बालेर गर्नु भएको थियो ।
एघारौँ साधारणसभाको समुद्घाटन गर्दै महासचिव मगरले नेपाली पत्रकाररिताको क्षेत्रमा नेजाले महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । महासंघ र नेजाको कार्यगत एकाताको आधारमा पुरस्कार व्यवस्थापन, दुर्घटनामा पर्ने पत्रकारलाई आर्थिक सहयोग जस्ता मानवीय कार्य गरेकोमा सह्रान गर्दै भविष्यमा पनि यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्व निर्वाचन आयुक्त पोखरेलले प्रवासी समुदायले नेपालको वृहत्तर हितमा काम गराउन नेजाले महत्त्वपूर्ण भुभिका खेल्नसक्ने सुझाव दिनुभयो । कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले एनआरएन अमेरिकाको सफलताको पछाडि नेजा र नेजामा आबद्ध पत्रकारहरुको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नेजासँग सहकार्य गर्दै नेपालको वृहत्तर हितमा हातेमालो गर्दै अगाडी बढ्ने बताउनुभयो ।
नेजाका उपाध्यक्ष तथा सभाका संयोजक गुणराज लुईटेलले स्वागत मन्तव्य दिनुभयो भने साधारण सभालाई उपस्थित अथितीहरु अवैतानिक महावाणिज्य दूत प्रेमराजा महत, एएनएका अध्यक्ष मेदनी अधिकारी, एनआएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल, निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त् भोजराज पोख्रेल तथा अन्य सङ्घ संस्थाका प्रतिनिधिहरूले शुभकामना दिनु भएको थियो ।
![Displaying 1.jpg](https://mail.google.com/mail/u/0/?ui=2&ik=83b0b57bcc&view=fimg&th=15be0e38dae11d0d&attid=0.1&disp=inline&realattid=f_j2e4fb2s0&safe=1&attbid=ANGjdJ98T2gqFGmEiKp-eK5eqw_p_g6NrDH7uaTu1Zhdt4lrvHtjwUUlMc_oLgJYzcAmIOcFVWVMUtB_bpdkrfAPzo7lLz93piq2Y1eedTwIFQDMKrbfTjA5bLntxqo&ats=1494192129843&rm=15be0e38dae11d0d&zw&sz=w1367-h575)
साधारण सभाका लागि डिसी महानगर क्षेत्र वरपरका सङ्घ संस्थाका प्रतिनिधि, अमेरिकाका विभिन्न राज्यहरूबाट आएका सञ्चारकर्मी ,आमन्त्रीत अतिथिहरुको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा नेजाद्वारा स्थापित “नेजा सामुदायिक पत्रकारिता पुरस्कार” अन्तर्गत पत्रकारहरु क्रमशः शिव प्रकाश, मनोज अधिकारी र दिनेश कार्कीलाई संयुक्तरुपमा १ हजार १ सय ११ डलरको पुरस्कार प्रमुख अतिथि उजिर मगरले हस्तान्तरण गर्नुभयो । पुरस्कार स्वरूप प्राप्त रकम पत्रकारहरुले चितवनको सामाजिक संस्था सानो घरलाई दिने घोषणा गरेका छन् ।
मनाससको स्थानीय लोकप्रिय सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाजबाट सञ्चालित पाठशालाका विद्यार्थीहरूले नेपाली राष्ट्रगान तथा अमेरिकन राष्ट्रगान गाएका थिए । साधारण सभाको बिचमा कार्यक्रमलाई रोचक र मनोरन्जनात्मक बनाउने हेतुले सांस्कृतिक कार्यक्रमको प्रस्तुति गरिएको थियो । साधारण सभाको उद्घाटन लगत्तै एनआरएनका अध्यक्ष पदका प्रत्यासीहरुको बहस कार्यक्रम गरिएको थियो ।
उक्त बहस कार्यक्रममा अध्यक्षका उम्मेदवारहरु डा. केशव पौडेल, डिल्ली भट्टराई ,राम सी पोख्रेल र गौरी जोशीको सहभागिता रहेको थियो ।
साधारण सभाको बन्द सत्रले विधान संशोधन गर्नुका साथै महासचिव र कोषाध्यक्षको प्रतिवेदनलाई पारित गरेको छ ।
अग्नि चौंलागाँई
सचिव, नेजा