बाल्टिमोर (अमेरिका)- बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) ले आउंदो आइतवार आफ्नो सामुदायीक भवनको औपचारिक उद्घाटन गर्ने भएको छ ।
बानाले हालै भवन खरिद गरेको थियो । आउंदो आइतवार एक कार्यक्रमको आयोजना गरि पुजा आरधना सहित भवनको औपचारीक उद्घाटन गर्न लागेको बाना अध्यक्ष अनुसया श्रेष्ठ वन्तले बताउनुभयो ।
सन २००४ मा स्थापना भएको संस्थाले लामो प्रयास पश्चात केही दिन अघि मात्रै भवन खरिद गर्न सफल भएको हो । आइतवार बिहान १० बजे पुजापाठ सहित दिउंसो भवनको औपचारिक रुपमा भवन उद्घाटन गरिने कार्यक्रममा सहभागी हुन बानाले सबैमा आग्रह गरेको छ ।
सामुदायिक भवनमा दुई तला छन् । पहिलो तलामा सार्वजनिक कार्यक्रम, सामुदायिक भेटघाट तथा मझौला पार्टी तथा १२० जना सम्म सहभागी हुन सक्ने कार्यक्रम गर्न सकिने तथा दोश्रो तलामा बानाको कार्यालय लगायत केहि अन्य संस्थाहरुको कार्यालय कक्ष बनाउने र ४० जना सम्मको लागी मिटिड् कक्ष बनाउनको लागी तयार गरिएको बानाका बरिष्ठ उपाध्यक्ष सुबोध पन्तले बताउनुभयो ।

भवन भित्र नेपाल र नेपाली सांस्कृतिक झल्काउने खालका सामाग्री चित्रकला र वस्तुहरूको प्रदर्शनी हुने बताइएको छ ।
कार्यक्रम हुने ठेगाना : 2906 Taylor Avenue parkville, MD 21234