२०८१ वैशाख १९ गते | 1st of May 2024

करणलाई जेल सजाय हुन सक्ने !

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ १६ गते १५:०५

मुम्बई – बलिउडका चर्चित चलचित्र निर्देशक, निर्माता, कलाकार तथा टेलिभिजन पर्सनालिटी करण जोहर जेल जान सक्ने बताइएको छ । रियालिटी सो ‘इन्डियाज नेक्स्ट सुपरस्टार’ लाई दिल्ली सरकारले एक पत्र काटेपछि करण र रोहित शेट्टी समस्यामा पर्न सक्ने संकेत गरिएको छ ।

यी दुई यो सोका जज हुन् । सोमा एउटा पान मसला बनाउने कम्पनीको विज्ञापन देखाइएपछि सरकारले चेतावनीमूलक पत्र काटेको हो । सोबाट यो विज्ञापन बन्द नगरिएमा सबैभन्दा बढी नोक्सान करणलाई पर्न जाने समाचार भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

करणलाई कानुन उल्लंघनविरुद्ध पत्र काटिएको यो दोस्रोपटक हो । करणले १० दिनमा पत्रको चित्तबुझ्दो जवाफ नदिए उनलाई पाँच वर्ष जेल र दुई हजार रुपैयाँ जरिबाना हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *