२०८१ वैशाख १९ गते | 1st of May 2024

तरकारीवालाको ‘लम्फु’ सार्वजनिक हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २३ गते २:५३

काठमाडौँ । लगभग १ वर्षअगाडी तरकारीवाली को नामबाट देशविदेशमा भाइरल बन्न सफल भएकी गोरखाकी कुसुम श्रेष्ठले अभिनय गरेको भनेको चलचित्र ‘लम्फू’ को प्रदर्शन मिति तय भएको छ । निर्माण घोषणा भएको केहि बर्ष भएपनि छायांकनमा लामो समय लागेको यो चलचित्र आगामी २०७५ वैशाख २८ गतेबाट रिलिज हुने पक्का भएको हो।

निर्माणपक्षले चलचित्रका केहि तस्बिर पहिलो पटक सार्वजनिक गरेको छ । यो चलचित्रबाट कुसुमसँगै नव-नायक कविर खड्काले समेत चलचित्र क्षेत्रमा पाइला राख्दैछन् । कविर नेपालको एकमात्र फिल्म कलेज ओस्कार इन्टरनेशनलबाट कलाकारितामा स्नातक अध्ययन गरेका विद्यार्थी हुन् । कविर र कुसुमको साथमा चलचित्रमा सलोन बस्नेत, मरिष्का पोख्रेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराईको पनि मुख्य भूमिका छ । गोपालचन्द्र लामिछानेले निर्देशन गरेको चलचित्रले एक यूवाको जीवनमा आइपर्ने अकल्पनिय घटनालाई पर्दामा उतारेको छ ।

यो चलचित्रले समय र परिस्थितीका कारण मानिस नायक र खल-नायक दुबै बन्छ भन्ने कथालाई उठान गरेको निर्देशक लामिछानेले बताए । भूपतिको लेखन रहेको चलचित्रमा दीपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *