२०८१ चैत १ गते | 15th of March 2025

निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकारले ठोस पहल नगरेको व्यवसायीहरुको गुनासो

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन १३ गते ११:३०

निर्मल अर्याल /बांके – निर्माण व्यवसायीहरुको सीप तथा क्षमता विस्तार गर्न सरकारले नै प्रभावकारी कार्यक्रमहरु ल्याउनु पर्ने धारणा व्यवसायीहरुले व्यक्त गरेका छन् । निर्माण व्यवसायी संघ बाँकेको १७ औं वार्षिक साधारण सभा तथा आठौं जिल्ला अधिवेशनलाई आइतबार सम्बोधन गर्दै व्यवसायीहरुले निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकारले ठोस पहल नगरेको गुनासो गरे ।

राज्य संचालनमा रहेका व्यक्तिका कारण नै निर्माण व्यवसायमा विभिन्न खाले विकृति मौलाइरहेको आरोप समेत उनीहरुले लगाए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले स्वदेशी व्यवसायीहरु स्रोत साधन सम्पन्न नभए सम्म मुलुकको निर्माण क्षेत्र समृद्ध हुन नसक्ने बताउनुभयो। सरकारी निकायहरुले नै स–साना प्याकेजका कामहरुलाई एकमुष्ट रुपमा ठूलो प्याकेज बनाएर टेण्डर आह्वान गर्दा साना व्यवसायीहरु पेशाबाटै विस्थापित हुने स्थिति आएको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष लक्ष्मणकुमार राना, महासचिव रामशरण देउजा, प्रवक्ता विष्णु बुढाथोकी, उपमहासचिव सूर्यप्रसाद तिमल्सिना, कोषाध्यक्ष रोशन दाहाल, सहकोषाध्यक्ष नरहरि थपलिया, महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष रवि सिंह, पूर्व उपाध्यक्ष कर्ण मल्ल लगायतका वक्ताहरुले व्यवसायीहरुका समस्या र समाधानका उपायका विषयमा चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *