सान फ्रान्सिस्को – जावलाखेलमा जन्मिएर अमेरिकामा बिगत लामो समयदेखी प्रविधि(आईटी)मा संलग्न ब्यक्तिको नाम हो, शंकर केसी । सपना बोकेरे सात समुन्द्र पारी परदेशिएको एउटा ठिटो लामो समयदेखी प्रविधिको महागाउं ‘सिलिकन भ्याली’ मा सकृय छ । दु:खले आर्जेको शिक्षा, शिक्षाले प्रदान गराएको सिप एवम दक्षता र आँफै मालिक बन्ने सपनालाई साकार पारी सिलिकन भ्यालीमा आईटीको ब्यवसायमा नेपालीहरुलाई रोजगार दिलाउने कम्पनी सिजल आईटीका मालिक हुन, शंकर केसी । 
सफ्टवयर सम्बन्धी प्रविधिका ठुला जानकार केसी बिगत २५ बर्षदेखी यो क्षेत्रमा संलग्न छन । काठमान्डौंमै सुचना प्रविधिका बिभिन्न कम्पनीका काम गरेर अनुभव संगालेका केसीले आफ्नो दक्षता भारतको हैदारावाद, दिल्ली र मद्रासका बिभिन्न कम्पनीमा देखाईसकेका छन । बिगत करिब १३ बर्षदेखी अमेरिकामा रहेर बिभिन्न कम्पनीमा सुचना प्रविधिकै काम गरेका केसी अहिले शान्दार कार्यलय सहित सुचनाको राजधानी सिलिकन भ्यालीमा सिजल आईटी कम्पनी स्थापना गरेर धेरै नेपालीहरुलाई रोजगारीको अवसर प्रदान गराईरहेका छन ।
सेजल आईटी कार्यालय – सिलिकन भ्याली, सान फ्रान्सिस्को :

सेजल आईटी कार्यालय, सिलिकन भ्याली :
बैंक, गूगल, भिशा लगायत धेरै कम्पनीहरुमा काम गरेर अनुभव आर्जन गरेपछी अवसरको यो मुलुकमा आँफैंले ‘सेजल आईटी’नामक कम्पनी स्थापना गरेको बताउंछन, केसी । ‘सुचनाको यो युगमा फस्टाएको प्रविधी, आफुले आर्जन गरेको २५ बर्षको अनुभवलाई प्रवासमा सपना बोकेर आएका नेपाली जनशक्तीलाई दक्ष र सवल बनाउने अभिप्रायले सेजलको स्थापना गरेका हौं”, केसीले बताए । ‘प्रविधिको अनेकन क्षेत्र, सम्भावना र सकृयाता हुंदाहुंदै अहिले सेजल आईटी ‘मोबाईल एप्स’ प्रोजेक्ट्मा बढी ब्यस्त रहेको छ”, केसी अगाडी थप्छन ।
अवसरका सम्भावनाहरु :
सबैभन्दा बढी फस्टाएको ब्यापार सुचना प्रविधीमा दक्ष जनशक्तीलाई सेजल आईटीमा सदैव स्वागतको ढोका खुल्ला रहेको बताउंछन, केसी । कम्पनी स्थापना भएदेखी अहिलेसम्म करिब ४०० सुचना प्रविधिका दक्ष नेपालीहरुलाई रोजगार दिलाइसकेका केसी र उनको सेजल आईटी कम्पनीमा ‘बैधानिक कागज पत्र भएका, सुचना प्रविधिमा संलग्न जनशक्तीहरुको कम्पनीलाई सधैंं खांचो रहेको’ बताउछन । कम्पनीको ब्यवसायिक विस्तार, सेवाग्राहीहरुको विश्वाश र नयाँ सेवाका नयाँ चुनौतीहरुका लागि ‘सेजल आईटीलाई सदैब जनशक्तीको आबश्यकता भईरहन्छ’, केसी थप्छन – ‘अहिले पनि सेजल आईटीलाई ५० जना दक्ष प्राविधिकहरुको आवश्यकता छ ।’ उनकानुसार ‘सुचना प्रविधीमा चाख हुने र अवसर खोज्ने अमेरिकावासी नेपालीहरुले सेजल आईटीमा संपर्क गरी जानकारी लिन सक्नेछन ।’
डिग्रीका प्रमाण-पत्रहरु हातमा हुंदैमा रोजगार र अवसर्हरु मिल्दैनन । जांगरिलाहरुका रुची र सकृयतालाई उत्साहित गर्न, जानकारी र सम्भव भएसम्मका अवसर दिन सेजल आईटी सदैव तयार छ, उने थप्छन । ‘मैले जनशक्ती हायर गर्दैछु कसैले भन्दैन, खुलेआम । तर सपना बोकेर अमेरिका आएका सुचना प्रविधिका जुनसुकै क्षेत्रमा काम गर्न ईच्छुक ५० जना योग्य ब्यक्तिलाई अहिले रोजगारी खाली छ, मेरो कम्पनीमा’, केसी भन्छन । ‘खादा लाएर मन्चमा भाषाण गर्ने नेताको होइन, अवसर छ, आउनुस् काम गर्नुस्, पैसा कमाउनुस् भन्नेहरुका कुरा सुन्नुपर्छ, अवसर खोज्नेवालाहरुले’, जंगिदै केसी भन्छन ।
कामको अवसर खुलेको छ :
अमेरिकामा काम गरेर राम्रो कमाउने क्षेत्र हो, आईटी । समान अवधी काम गरेर जीवनस्तर उकास्ने उदाहरणहरुमा पर्छन, आईटीका बिद्धार्थीहरु । किनकी यो शताब्दीमा केवल सुचना प्रविधीको राज छ । हाम्रा पालामा हातमा खुर्पी लिएर कुट्मेराको हांगा झार्ने बुवा-आमाहरुको हातमा मोबाईल छ, अहिले । संगै चिया पसलमा बसेर राजनैतीक गफ चुड्दै पढिने छापा अखवारहरुका सट्टा मोबाईलमा आउने समाचारहरु प्राथमिकतामा पर्छन । मोबाईल समाचार र फेसबुकका समाचारहरु बढ्ता पढिन्छन । यसरी सांघुरिएको छ, दुंनिया । यी सबै सुचना प्रविधिका कमाल न हुन ।

सपना बोकेर अमेरिका आउनुहुने नेपालमै प्रविधिसम्बन्धी पढ्नुभएका बिद्धार्थीहरु वा अमेरिका आएर प्रविधिका तालिम लिएर बस्नुभई रोजगारको खोजीमा रहनुभएका आ-आफ्नो क्षेत्रमा दक्ष जनशक्तीलाई रोजगारको अवसर छ, भन्नुहुन्छ केसीजी । ‘अमेरिकामा आउनुभएका प्रविधिमा जस्तोसुकै तालिम या दक्षता हासिल गर्नुभएकाहरुलाई हामीमा तत्काल रोजगारीको अवसर छ ।’ केसी थप्नुहुन्छ, ‘QA जस्ता अन्य प्रोजेक्ट मेनेजमेन्ट ट्रेनिङ्ग लिएर बस्नुभएकाहरुलाई हामी तत्काल हायर गर्दछौं ।’
दुई दशकदेखि सुचनाको राजाधानी सिलिकोन भ्याली र अमेरिकाभरी आइटीको स्टाफिङ्ग गर्दै आएको छ। Silicon Valley का प्रख्यात कर्पोरेट लगायत चर्चित प्रोजेक्टहरुमा पेल्समेन्ट गर्दै आएको यो आइटी कम्पनीले संबन्धित बिषयमा ट्रेनिङ्ग समेत संचलान गरिरहेको छ । हाल यो कम्पनीमा २५ भन्दा धेरै पोजिशन तुरुन्तै प्लेसमेन्ट गर्नुपरेको कुरा कम्पनि भिपी शंकर के सीले जानकारी दिनुभएको छ।
रोजगारीको खोजीमा रहनुभएका प्रविधिमा जानकारहरुले तुरुन्त संपर्क गर्ने सक्ने बताउनुहुन्छ, केसी । उहांका अनुसार तलको लिन्कमा अवसरहरुका बारेमा स-बिस्तार व्याख्या छ : http://www.sejalit.com/?section=home