काठमाण्डौ – डिभोर्स गरेर एकल जीवन जिउन लागेकी हास्यकलाकार मनोज गजुरेलाकी पुर्व पत्नी मिना ढकाल अहिले प्रेस काउन्सिल पुगेकी छिन।उनि प्रति मिडियाले गलत समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल पुगी केहि मिडियालाई उजुरी हालेकी छिन।
पत्रकारिताको आचारसंहिता भित्र नरही मानहानी गरेको भन्दै मीनाले प्रेस काउन्सिलमा उजुरी दर्ता गरेकी छिन भने केहि फेसबुक पेजलाई समेत उनले प्रहरीको मा गएर मुद्धा हाल्ने जानकारी दिएकी छिन । उनि भन्छिन ‘म माथी गलत गर्ने र मेरो व्यक्तिगत जीवन प्रति गरेको गैर क्रियाकलाप गर्ने कुनैपनि मिडिया तथा फेसबुक प्रयोगकर्तालाइ म छोड्दिन ।’
केही मिडियाले उनीमाथी बेतुकको प्रचार गरेको र उनले भन्दै नभनेको ‘म गाउले पाखे संग अब बिबाह गर्दिन’ भन्ने शिर्षकमा आएका समाचारमा सत्यता नभएको र आफुले त्यस्तो नबोलेको बताएकी छिन् । स्मरणीय छ, नेपालबाट प्रकाशित लालीगुंरास लगायतका मिडियाहरुमा आएको समाचार खुल्लमन्चमा पनि छापिएपछी बल्ल उनले आफुबारे लेखिएको समाचार नेपालबाट प्रकाशित हुने अनलाईनहरुले छापेर भाईरल भएको एक महिनापछी मात्र थाहा पाएकी थिईन ।
स्रोत खुलाएर खुल्लामन्चमा छापिएको समाचारप्रति कटाक्ष गर्दै उनीसंगको फोनवार्तापछी हामीले त्यो समाचार हटाएका थियौं । स्मरणीय छ, हामी मार्फत उनलाई उनका बारेमा छपिएका समाचारहरुबारे जानकारी भएको थियो । नेपालमा छापिएका समाचारका लिन्खरु हामीले नै उनलाई दुई दिन लगाएर खोजेर उपलब्ध गराएका थियौं । पछी भिडियोमा आफु ‘प्रेस काउन्सिल गएको र मिडियाहरुलाई उजुरी हालेको’ बताएकी भिडियो पहिला उनका बारेमा गलत समाचार लेख्ने मिडियाहरुले नै प्राथमिकताका साथ छापेका थिए ।
खुल्लमन्चमा प्रकाशित भएर ‘समाचारै नपाएजस्तो गरी अनाहकको बहस गर्नुभन्दा हटाउनु बेश’ भनेर हटाईएको समाचारले अहिले पनि उनलाई ब्यक्तिगत आंच आएको छ भने हामी क्षमापार्थी छौं ।