२०८१ वैशाख १५ गते | 27th of April 2024

प्रचण्डको वडामा एमाले विजयी !

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ५ गते २:५२

चितवन, ५ जेठ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको वडा मै एमाले उम्मेदवार हरि आचार्य विजयी भएका छन् ।
भरतपुर महानगरपालिका वडा नः ४ मा एमालेका उम्मेदवार आचार्यले कांग्रेसका उम्मेदवार उपेन्ऽराज सापकोटालाई ७ मतको झिनो अन्तरले पराजित गर्दै जित हात पारेका हुन् ।
आर्चायले १ हजार ७ सय २० मत प्राप्त गर्दा सापकोटाले १ हजार ७ सय १३ मत प्राप्त गरे ।
यहाँ कांग्रेसले पुनः मतगणना गर्नुपर्ने माग गरेको थियो । तर, आयोगले मत संख्या गणनाका आधारमा आचार्यलाई बिहीबार साँझ मात्रै बिजयी भएको घोषणा गरेको छ ।
मेयरकी उम्मेदवार माओवादी कांग्रेस गठबन्धनकी रेणु दाहाल उठेको वडामै माओवादी केन्द्य्रको भोट कांग्रेसको भन्दा पनि कम आएको छ ।
कांग्रेसको केही भोट राप्रपालाई गएको अनुमान गरिएको छ ।
प्रचण्डको घर महानगरपालिकाको वडा नं। ४ को त्रिचोक नजिक छ । प्रचण्डले लक्ष्मी मावि लंकुबाट मतदान गरेका थिए ।
यस अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको भक्तपुरको वडामा कांग्रेसले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *