लस एन्जलस – नेवा अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्नियाले ‘योमरी पुन्ही’ पर्वको अवसरमा बनभोज कार्यक्रम सम्पन गरेको छ । स्थानिय सेरिटोस पार्कमा आयोजित बनभोज – योमरी पुन्ही कार्यक्रममा लस एन्जलस क्षेत्रमा बसोबास गर्ने सामुदायिक सदस्यहरुको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।
सधैंं भनिंदै आएसरी, लस एन्जलसमा नमूना कार्यक्रम गरेर अग्रणी सामाजिक संस्थाको रुपमा रहेको नेवा अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्नियाले गत बर्षदेखी शुरु गरेको ‘योमरी पुन्ही’ पर्वको कार्यक्रमलाई यसपाली बनभोजको रुपमा परीणत गरेर सम्पन्न गरेको छ ।
साउदर्न क्यालिफोर्नियामा सकृया संस्थाका प्रमुखहरु, प्रतिनिधीहरु, पत्रकारहरु, सामाजिक अभियान्ताहरु लगायत सामुदायिक सदस्यहरुको ठुलो उपस्थिती रहेको कार्यक्रममा बिंगो खेल पनि खेलाउनुका साथमा नेवारी भोजको ब्यबस्था गरिएको थियो ।
तस्विर : नेवा समाज