२०८१ वैशाख २३ गते | 5th of May 2024

व्यवसायिक सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस डटकम’ सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २५ गते १५:१५

काठमाडौं– नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस डटकम’ सार्वजनिक गरिएको छ। ‘नयाँ सम्भावनाहरुको सञ्जाल’ मुल नारासहित रोलिङ प्लान्स प्राइभेट लिमिटेडले ‘रोलिङ नेक्सस डटकम’ मंगलबार सार्वजनिक गरेकाे हाे। यस सञ्जालको अवधारणालाई मुख्यत: ‘फो ई’को सिद्धान्त अनुरुप सञ्चालन गरिएको छ। यो सञ्जालको मुख्य लक्ष्य रोजगारी सृजना तथा प्रवर्द्धन र त्यससम्बन्धि दक्षता अभिवृद्धि, सामाजिक वा व्यवसायिक रुची, गतिविधि, पृष्ठभूमी भएकाहरुले एकै सञ्जालमा रही सम्बन्धको विकासगरी साझेदारी गर्ने प्लेटफर्म, व्यवसायिकबाहेक पनि सञ्जालमा खेलकुदका गफगाफमा सहभागिता, फोटो वा भिडियो प्रतिस्पर्धा, दैनिक क्वीज जस्त सामाग्रीबाट मनोरञ्जन लगायत रहेको छ। गीग इकोनोमीको अवधारणमा रहेर अवसर र सम्भावनाहरुको खोजी, उद्यमशीलता प्रवर्द्धन तथा व्यवसायिक वृद्धि, महिला, विपन्न समूह, फरक सक्षमता भएका र सेवानिवृत समूहलाई पनि अवसर र सम्भावना दिनका लागि विशेष पेजमार्फत प्रवर्द्धन गर्ने लक्ष्य एपको छ।

रोलिङ नेक्ससको मुल एप बाहेक, अन्य दुई मोवाइल एप्लिेकसन पनि सार्वजनिक गरेको छ जुन रोलिङ कर्मसिल स्वदेश र रोलिङ कर्मसिल विदेश रहेका छन्। यस अर्थमा कर्मसिल शब्दले कर्म र श्रममा निर्भर हुने श्रमिकलाई जनाउँदछ र यसलाई प्रयोगकर्ताको प्राथमिकता अनुसार स्वदेश र विदेशमा विभाजित गरिएको छ। रोलिङ कर्मसिल स्वदेश एपबाट दक्ष, अदक्ष श्रमिकलाई उपयोगी हुने रोजगारी र अन्य अबसरका जानकारी मोवाइल नोटिफिकेसन मार्फत पाउन सकिनेछ। साथै स्वतन्त्र रोजगारी गर्न चाहनेहरुका लागि आफ्नो सीप अनुसारको घर सेवा तथा आफ्नो सवारी साधन भएकाले वितरण सेवाको अवसर खोजी गर्न सकिनेछ।  रोलिङ कर्मसिल विदेश एपबाट भरपर्दो वैदेशिक रोजगारीको खोजी, विदेश बसाईका क्रममा परेका समस्याको समाधानका लागि पहल र स्वदेश फर्केर केही गर्न चाहानेका लागि अवसरहरुको लाभ लिन सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *