२०८१ वैशाख २२ गते | 4th of May 2024

मासुजन्य वस्तुमा नेपाल आत्मनिर्भर भएको घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १२ गते १५:१३
काठमाडौँ ।  सरकारले मासुजन्य वस्तुमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त घोषणा गरेका हुन ।  प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै कृषि उपज सामाग्रीको निर्यात गर्ने गरी योजना बनाइने बताए  ।   प्रधानमन्त्री  ओलीले  कृषि क्षेत्रलाई निर्वाहमुखी  नभई आधुनिक र उत्पादनमूलक क्षेत्रका रुपमा विकास गरिने  पनि उल्लेख गरे  ।प्रधानमन्त्रीले नेपाल दूधमा आत्मनिर्भर भएको घोषणा गर्दै अब मिल्क होलिडेको नाममा किसानको दुध रोक्न नहुने बरु बजार विस्तारको काम गर्नुपर्ने बताए । उनले भने– ‘दुध आउन पनि कहिले होलिडे हुन्छ त ? गाईले भैसीले कुन दिन दुध दिने कुन दिन नदिने त्यो पनि थाहा पाउँछ त ? त्यो त किसानको दुध नकिन्न बनाएको बाहाना त हो । बढी भएको दूधबाट धुलो दुध उत्पादन गर्नुपर्छ र धुलो दूधलाई ह्वाइटनर भनेर बिक्री हुँदैन, त्यसलाई धुलो दुध नै भनेर बिक्री गर्नुपर्छ ।’ प्रधानमन्त्रीले दुग्ध विकास संस्थाले बजारमा ल्याएको धुलो दुध ‘ह्वाइटनर’ को सार्वजनिकीकरण समेत गरे ।  उनले माछा मासुको क्षेत्रमा आत्मनिर्भर हुँदै जानुपर्नेमा जोड दिए । छिट्टै नेपालमा मल कारखाना खोल्ने दिशमा सरकार अघि बढेको बताउँदै प्रधानमन्त्रीले विद्युतको प्रयोग गरेर मल उत्पादन गर्नेबारे छलफल भइरहेको बताए । उनले थर्मल प्रणाली, कोइला, ग्याँस प्रयोग नगरी जर्मनी लगायतका देशले अपनाएको विद्युत प्रणालीबाट मल उत्पादन गर्ने र किसानका लागि सहज अवस्था हुने बताए ।

प्रधानमन्त्री ओलीले सधैँ भरी मुलुक रेमिट्यान्सबाट मात्र नचल्ने र  स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नु आजको आवश्यकता भएको बताए । प्रधानमन्त्री ओलीले युवाहरूले आर्थिक क्षमता वृद्धि हुने खालका  व्यवसाय सुरु गर्नु पर्ने भन्नु हुँदै  कृषि बिमाको प्रिमियम कम गर्न बैङ्कहरूलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *