२०८१ वैशाख १९ गते | 1st of May 2024

५३ करोड बढी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण लिक

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २९ गते ६:३४

वासिङ्टन – एउटा लो लेभल ह्याकिङ फोरमका ५३ करोड बढी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण लिक भएको छ । शनिबार लिक गरिएको सो विवरणमा १०६ देशका ५३ करोड ३० लाख बढी प्रयोगकर्ताको फोन नम्बर, पुरा नाम, ठेगाना, जन्म मिति, इमेल लगायतका सुचनाहरु सार्वजनिक गरिएको छ । ती मध्ये ३ करोड २० लाख अमेरिका, एक करोड १० लाख बेलायत र ६० लाख प्रयोगकर्ता भारतका रहेका बिजनेश इन्साइडरले जनाएको छ । पहिचान भएका केही व्यक्तिको विवरण लिक भएको डाटासँग परीक्षण गर्दा मेल खाएको समाचारमा जनाइएको छ ।

सो डाटा केही असुरक्षाका कारण स्क्याप गरिएको उल्लेख गर्दै फेसबुकका एक प्रवक्ताले सन् २०१९ मै सो समस्याको समाधान गरिसकेको दाबी गरेका छन् । यद्यपी सो डेटाले साइबर अपराधीहरुलाई निकै उपयोगी सूचनाहरु प्रदान गर्नसक्ने साइबरक्राइम इन्टेलिजेन्स फर्म हड्सन रकका सीटीओ एलन गलले बताए । “फेसबुकका धेरै प्रयोगकर्ताको निजी जानकारी भएको यो आकारको डाटाबेस खराब व्यक्तिको पहुँचमा छ भने यसले पक्कै पनि ह्याकिङ वा सामाजिक बनोटमाथि आक्रमण हुनसक्छ,” गलले भने ।  गलले नै गएको जनवरीमा लिक भएको डाटाको विषयमा जानकारी पाएका थिए । अहिले सो डाटा ह्याकिङ फोरममा निशुल्क रुपमा उपलब्ध गराइएको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *