२०८२ माघ २२ गते | 4th of February 2026

ह्याकरले बैंकिङ क्षेत्रमा ‘आतंक’

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन ७ गते १५:५५

काठमाडौं – नेपाल राष्ट्र बैंकसहित १६ वटा बैंकको प्रणाली ह्याक गरेर रकम चोर्ने धम्की ह्याकरले दिएपछि अहिले बैंकिङ क्षेत्रमा ‘आतंक’ फैलिएको छ । बैंकहरुलाई इमेलमार्फत सिष्टम ह्याक गर्ने चेतावनी दिइएको छ ।

ह्याकरले नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, नेपाल बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डु, सिटिजन्स बैंकलगायतलाई नाम उल्लेख गर्दै ह्याक गर्ने चेतावनी दिएको छ । २४ घण्टाभित्रै ठूलो नोक्सानी पुर्‍याउने चेतावनी दिँदै बुधबारदेखि नै इमेल पठाइएको एक बैंकरले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *