२०८० असोज ५ गते | 22nd of September 2023

मङ्गल ग्रहको भित्री भागको आन्तरिक संरचना वर्णन गर्न केही ठोस तथ्याङ्क रहेको बैज्ञानिकको दाबी

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १३ गते १४:४६

काठमाडौं – वैज्ञानिकहरूले मङ्गल ग्रहको भित्री भागको आन्तरिक संरचना वर्णन गर्न केही ठोस तथ्याङ्क आफूसँग रहेको बताएका छन्।  त्यस्तो प्रमाण इन्साइट नामक अन्तरिक्षयानबाट हात परेको हो। उक्त यानले मङ्गलमा हुने कम्पन सन् २०१९ देखि मापन गरिरहेको छ। नासाको नेतृत्वमा रहेको उक्त अभियानले मङ्गलको बाहिरको पत्र २४ देखि ७२ किलोमिटर बीचमा रहेको पत्ता लगाएको छ जुन पहिले ठानिएकोभन्दा केही कम हो।

तर अहिले पत्ता लागेको मुख्य कुरा उक्त ग्रहको भित्री भागबारे हो। त्यसको अर्धव्यास १,८३० किलोमिटर छ। यो पहिले अनुमान गरिएको सर्वाधिक मापनजति नै छ। पृथ्वीबाहेक अन्य ग्रहको भित्री तहको मापन गरिएको यो पहिलो पटक हो। चन्द्रमाको पनि त्यस्तै अध्ययन गरिएको छ तर मङ्गलको बृहत् अध्ययन हुन पुगेको छ। ‘इन्साइट’ले सन् २०१९ यता ७०० वटा कम्पन रेकर्ड गरेको छ । यो सूचनाका आधारमा अनुसन्धानकर्ताहरूलाई विभिन्न खगोलीय पिण्डको उत्पत्ति र विकासक्रम बुझ्न सहयोग पुर्‍याउने ठानिएको छ।

इन्साइटले भूगर्भशास्त्रीहरूले भूकम्पको सङ्केतका आधारमा पृथ्वीको आन्तरिक तहको अध्ययन गर्दै आए जसरी नै मङ्गलको अध्ययन गरेको हो। यस्तो भूकम्प हुँदा ऊर्जाको लहर उत्पन्न हुन्छ। तिनले बाटो परिवर्तन गरेको आधारमा र लहरको गतिका आधारमा चट्टानी पदार्थको प्रकृति पत्ता लगाउने गरिन्छ।नासाको अभियानले प्रयोगमा ल्याएको सिस्मोमिटरले सयौँ परकम्पको अवलोकन गरेको छ। दुई वर्षका त्यस्ता परकम्पमध्ये केही मात्र मङ्गलको भित्री बनावटको नक्साङ्कन गर्न उपयोगी भएका थिए। अध्ययनमा नेतृत्व गरेको फ्रान्स र यूकेको वैज्ञानिक समूहले मङ्गलको कडा बाह्य पत्र २० देखि ३९ किलोमिटर रहेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *