२०८१ जेठ ५ गते | 18th of May 2024

अमेरिकामा गोली चल्यो

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ५ गते १४:४३

नेब्रास्का – संयुक्तराज्य अमेरिकाको नेब्रास्का राज्यमा शनिबार एउटा मलमा चलाइएको गोली लागेर दुई व्यक्ति घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार ओमाहा शहरको वेस्टरोड्स मलमा उक्त घटना भएको थियो । गोली चलाउने व्यक्ति फरार भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घाइते एक व्यक्तिको स्वास्थ्य अवस्था निकै नाजुक रहेको बताइएको छ । अर्का व्यक्ति भने सामान्य घाइते अवस्थामा छन् । दुबैको अस्पतालमा उपचार भइरहेको छ । गत बिहीबार राति इन्डियानापोलिसको फेडएक्स कार्यालयमा भएको गोलीकाण्डमा आठ जनाको मृत्यु भएको थियो । अधिकारीहरुले उक्त गोलीकाण्डका मुख्य शंकास्पद व्यक्तिले आत्महत्या गरेकाे जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *