२०८१ वैशाख २० गते | 2nd of May 2024

अक्सिजन प्लानटका लागि ५० करोडसम्म ऋण पाउने

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ११ गते १५:३१

काठमाडौं- चालु बर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षामा घोषणा गरिएका नीतिहरुलाई कार्यान्वयन गर्न राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गरेको छ।  राष्ट्र बैंकले मौद्रिक नीति तथा समीक्षामा घोषणा गरेको ब्यवस्थाहरु लागू हुन निर्देशन अनिवार्य छ। आज जारीसँगै ब्यवसायीले राहतदेखि सेयर धितो ऋणमा कडाइसम्म हुने छ। ब्यवसायीले अक्सिजन प्लानटका लागि   ५० करोडसम्म ऋण पाउने छन्। विशेष पुनर्कर्जा पनि उपलब्ध हुने छ। बैंकहरुबाट यस्ता प्लान्टले आधार दरमै ऋण पाउने ब्यवस्था पनि भएको छ।

घोषणा नभएका केही ब्यवस्थाहरुमा कडाइ गरिएको छ। अब बैंक तथा वित्तीय संस्थाहरुले एक बर्षभन्दा लामो अवधिका लागि मात्र सेयर तथा ऋणपत्रमा लगानी गर्न पाउने छन्। उनीहरुले कुनै पनि किसिमको प्रबन्धबाट अल्पकालिन लगानी गर्न पाउने छैनन्। सेयर खरीद गरेको एक बर्ष पुरा भएपछि लगानी मध्येबाट एक आर्थिक बर्षमा प्राथमिक पुँजीको एक प्रतिशत रकमसम्म मात्र बिक्री गर्न सक्ने छन्। यसअघि लगानी गरेको भए २०७९ असार मसान्तभित्र बिक्री गर्न नयाँ ब्यवस्थाले रोक लगाएको छैन।

अबदेखि विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनका लागि बाहेक लघुवित्त संस्थाको सेयरमा लगानी गर्न पाइने छैन। यसअघि गरेको भए पुस महिनाभित्र बिक्री गरिसक्नु पर्ने छ।बोलकबोलमार्फत संकलन गरिएको मुद्दति निक्षेपको ब्याजमा कडाइ गरिएको छ। यो ब्याज दर एक पटक प्रकाशित भएपछि तीन महिनासम्म परिवर्तन गर्न पाइने छैन।निषेधाज्ञा समाप्त भएको एक सातासम्म ग्राहकको कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने ब्यवस्था गरिएको छ। एक महिनासम्म ऋण असुली र लिलामीको सुचना निकाल्न पाइने छैन। मर्जर हुँदा पाउने सुविधा एक बर्ष थप गरेको छ। यसअघि २०७८ असार मसान्तसम्मका लागि सुविधा दिइएको थयो। अब यो सुविधा २०७९ असार मसान्तसम्म मर्ज गर्नेले पाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *