काठमाडौं ३ साउन । नेपाल बंगलादेश बैंकमा व्यापक घोटाला भएको छ । प्राप्त जानकारी अनुसार बैकको हकप्रद बिक्रि तथा वितरणमा घोटला भएको तथ्य बाहिर आएको छ । बैकमा भएको घोटलाका बारेमा समाचार बाहिर आएपछि उच्च अदालत पाटनले नेपाल बंगलादेश बैंकको नाउँमा अन्तरिम आदेश जारी गरेको छ।
हकप्रद बिक्रि तथा वितरणमा भएको अनियमितता बिरुद्द पेश भएको निबेदन उपर सुनुवाई गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो । विश्वराज भट्टराई निवेदकको वारेस शेषराज खरेल रहेको उत्प्रेषणयुुक्त परमादेश मुुद्दामा नेपाल बंगलादेश बैंक र बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई बिपक्षी बनाइएको छ।
उच्च अदालत पाटनका न्यायाधीश प्रमोद कुुमार श्रेष्ठ र अब्दुुल अजिज मुुसलमानको सयुक्त इजलासले असार २० गते बैंकको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
बैंकले २०७३ चैत १६ गतेसम्म कायम सेयरधनीहरुले हकदाबी गर्न पाउनेगरि ८० प्रतिशत हकप्रद निष्काशन गरेको थियो। बैंकले बैशाख ७ देखि जेठ १० सम्म बिक्रि खुला गरेको हकप्रदमा आफुलाई जानकारी नभएकाले तोकिएको समयमा हकप्रदका लागि आबेदन दिन नसकेको निवेदक भट्टराईले बताएका छन। भट्टराईद्वारा पेश गरिएको निबेदनमा १५ सय ५४ कित्ता हकप्रद सेयर पाउनुपर्ने दाबी गर्दै बिपक्षी बैंकमा पुगेपनि बैंकले नपाउने जवाफ दिएको उल्लेख छ। बैंकको बदनियतका कारणले आफुलाई ६ लाख १३ हजार ८ सय ३० रुपैयाँ हानिनोक्सानी भएको उनले बताएका छन।