काठमाडौं – एसियाली विकास बैंक (एडीबी) ले कोभिड विरुद्धको खोप खरिदका लागि नेपाललाई साढे १९ अर्ब ऋण दिने भएको छ । बैंकले १६ करोड ५० लाख अमेरिकी डलर अर्थात् करिब १९ अर्ब ६३ करोड रुपैयाँ खोप खरिदका लागि ऋण दिने जनाएको हो ।
एडीबीले नेपालका लागि उक्त सहयोग स्वीकृत गरिसकेको जनाइएको छ । उक्त ऋण सहयोगबाट नेपालले सुरक्षित र प्रभावकारी खोप खरिद गर्ने एडीबीले जनाएको छ ।