२०८२ मंसिर २२ गते | 7th of December 2025

अर्थमन्त्री शर्मा र अमेरिकी राजदुत बेरीबीच शिष्टाचार भेट

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १२ गते १४:२९

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीबीच शिष्टाचार भेट भएको छ । भेटमा अर्थमन्त्री शर्मा र राजदुतबीच द्धिपक्षिय सहयोगको विषयमा छलफल भयो।

भेटमा मन्त्री शर्माले कोभिड विरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरणको अपेक्षा गरेको बताए। मन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा संचालित परियोजनाहरुको कार्यान्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले ध्यान पुर्याउने प्रतिवद्धता व्यक्त गरे।  भेटको क्रममा राजदुत बेरीले कोभिड विरुद्धको लडाईंमा अमेरिका नेपालको साथमा रहेको बताए ।

विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । कोभिड विरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको राजदुत बेरीको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *