२०८१ वैशाख २१ गते | 3rd of May 2024

सेयर बजारमा सिमित संख्याका लगानीकर्ताले मात्रै लाभ लिएका छन : अर्थमन्त्री शर्मा

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ४ गते १२:२५

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा सिमित संख्याका लगानीकर्ताले मात्रै लाभ लिएको बताएका छन् । आज अर्थ समितिमा बोल्दै शर्माले सेयर बजारबाट सय जनाले मात्रै लाभ लिएको बताएका हुन् । उनले सेयर बजारमा दिनदिनै नयाँ कीर्तिमान बन्दा लगानीकर्ताको संख्या बढेर ३७ लाख पुगेको बताए । तर, त्यसबाट एक सय जना जतिले मात्रै लाभ लिइरहेको अर्थमन्त्रीले बताएका हुन् ।

सोही कारण सामान्य मानिसको लगानी नडुबोस् भनेर अर्थमन्त्रालयले काम गरिरहेको अर्थमन्त्री शर्माले बताए । हाल सेयर बजारमा बढ्दो चलखेल र अस्वभाविक मूल्यवृद्धिको प्रसंग उठिरहेको र यस विषयमा मन्त्रालयको ध्यान केन्द्रीत भएको शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *