२०८२ पुष २८ गते | 12th of January 2026

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिए

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ८ गते १३:४५

काठमाडौं- सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन्। साउदले नेप्सेको सञ्चालक समितिसमक्ष राजिनामा बुझाएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए। सर्वोत्तम सिमेन्टको सेयरको इनसाइडर ट्रेडिङ प्रकरणमा साउदसँगै धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना पनि मुछिएका थिए। उनले भने अहिलेसम्म राजिनामा दिएका छैनन्।

बुक बिल्डिङ विधिबाट यस सिमेन्ट कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निस्काशन (आइपीओ) को तयारीमा रहेको सर्वोत्तमले नियामक निकाय, बिक्री प्रबन्धक आइएमई क्यापिटलका सञ्चालक र केही ठूला लगानीकर्तालाई १० हजार कित्ताभन्दा धेरै सेयर बिक्री गरेको थियो। यससम्बन्धमा प्रमाणसहित समाचार बाहिरिएपछि अर्थमन्त्रालयले दुवै जनालाई स्पष्टिकरण सोधेको थियो। संसदको अर्थमसितिले पनि दुवै जनालाई बोलाएर प्रष्टिकरण माग गरेको थियो। नियामक निकायको नेतृत्वमा बस्ने व्यक्तिले आफ्ना परिवारका नाममा समेत सेयर किनबेच गर्न नपाउने कानूनी व्यवस्था छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *