२०८१ वैशाख २१ गते | 3rd of May 2024

पोखराको मणिपाल बतास र पौडेलले किने ,एक वर्षभित्र न्युरो र मुटुको विभाग विस्तार गर्ने योजना

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १० गते १२:२७

काठमाडौं – पोखराको मणिपाल मेडिकल कलेज तथा अस्पताल बिक्री हुने भएको छ । बतास अर्गनाइजेसन र अटोवेज ग्रुपले तीन अर्ब ४७ करोड रुपैयाँमा मेडिकल कलेज किन्न लागेका हुन् । शुक्रबार  खरिद–बिक्रीसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । बतास अर्गनाइजेसनका आनन्दराज बतास र अटोवेज ग्रुपका नारायण पौडेलले संस्थागत रूपमा मेडिकल कलेज खरिद गर्न लागेका हुन् ।

भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपको लगानीमा खुलेको मेडिकल कलेज सन् १९९४ देखि सञ्चालनमा छ । भारतीय समूहले मेडिकल कलेज बिक्री गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ । तीन अर्ब ४७ करोड रुपैयाँमा खरिद–बिक्री हुन लागेको यो मेडिकेल कलेजमा बतास अर्गनाइजेसनले ६० प्रतिशत र अटोवेज ग्रुपले ४० प्रतिशत लगानी गर्नेछन् । कलेज खरिद–बिक्रीसम्बन्धी अन्तिम सम्झौता शुक्रबार हुने अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले बताए । यो कलेजको आफ्नै स्वामित्वमा ६० रोपनी जग्गा रहेको छ भने १५० रोपनी भाडामा छ । यो अस्पतालमा ७५० शय्याको छ । बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द बतासले कलेजलाई लिमिटेड कम्पनी बनाउने उद्देश्य रहेको बताए । उनले बीबीए, एमबीए र इन्जिनियरिङ क्षेत्रलाई पनि समेटिने जानकारी दिए ।

अस्पताल हस्तान्तरणपछिको एक वर्ष अवधिभित्र न्युरो र मुटुको विभाग विस्तार गर्ने बतासले बताए । “यी विभागपछि उपचारका लागि काठमाडौं नै जानुपर्ने बाध्यता हट्नेछ” उनले भने । गण्डकी प्रदेशका सर्वसाधारण उपचारका लागि काठमाडौं जानै नपर्ने गरी सेवा विस्तार गर्ने उद्देश्यसहित मेडिकल कलेज खरिद गर्न लागिएको पौडेलले बताए । “अब गण्डकी प्रदेशका जनता उपचारका लागि काठमाडौं जानैपर्ने बाध्यता हटाउनेछौँ । हामी मुटु, न्युरो सेवा विस्तार गर्दै लैजान्छौँ । शिक्षाको क्षेत्रमा पनि विस्तार गर्नेछौँ,” उनले भने ।

भौतिक संरचनाहरूमध्ये १० लाख वर्गफिट बिल्टअप क्षेत्रफलमा भवन मात्र रहेको छ । प्रत्येक वर्ष १०० जना विद्यार्थी कोटा पाइरहेको यो मेडिकल कलेजमा हाल ११ सयजनाले रोजगारी पाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *