२०८२ कार्तिक १७ गते | 2nd of November 2025

एनआईसी एशिया क्यापिटलले सुरु गर्यो मेरो सेयर सेवा, के छन यसमा सुविधा ?

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १२ गते १६:४६

काठमाडौं १२ साउन । एनआईसी एशिया क्यापिटल लिमिटेड विहिबारदेखि मेरो सेयर सेवा सुरु गरेको छ। यस अन्तर्गत अनलाइन मार्पmत खातामा भएका सेयर कारोबारको जानकारी लिन सकिन्छ ।

यो सफ्टवेयर मार्फत डिम्याट खाता खोलेका व्यक्तिहरुले आफ्नो खातामा भएको कारोबारको जानकारी अनलाइन मार्फत हेर्ने सुविधा लिन सक्ने व्यवस्था गरिएको छ। जसको लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निक्षेप सदस्यहरुलाई प्रदान गरेको सेवा एनआईसी एशिया क्यापिटल लिमिटेड मार्फत वार्षिक पचास रुपैयाँ शुल्क भुक्तानी गरी लिन सकिने व्यवस्था गरिएको छ।

मेरो शेयर सफ्टवेयर सञ्चालन गर्नको लागि एनआईसी एशिया बैंक लिमिटेडका सबै शाखा कार्यालयहरुबाट समेत आवेदन फारम भरी बुझाउन सकिने व्यवस्था गरेको छ। एनआईसी एशिया क्यापिटलले निशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था गरेको छ भने पहिलो वर्षको डिम्याट खाता सञ्चालनमा छुटको व्यवस्था समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *