२०८२ चैत २७ गते | 10th of April 2026

धितोपत्र बजार: ५ अर्ब बढीको कारोबार

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १४ गते १४:५७

काठमाडौँ १४ साउन । धितोपत्र बजारमा यस साता ५ अर्ब ५३ करोड १८ लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १ सय ७० कम्पनीको ९० लाख ५८ हजार ७० कित्ता शेयर कारोबार भएको छ ।

कारोबार रकम गत साताको भन्दा १६ दशमलव ७५ प्रतिशत बढी हो । गत साता १ सय ६५ कम्पनीको ८७ लाख ५३ हजार आठ सय ८० कित्ता शेयर ४ अर्ब ७३ करोड ८२ लाख ७६ हजारमा कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १० दशमलव ९७ अंकले बढेर अन्तिम दिन १ हजार ६ सय ४६ दशमलव ५३ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ७८ अंकले घटेर ३ सय ४६ दशमलव २३ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा प्रभु इन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको २७ करोड ७८ लाख ५० हजार बराबरको शेयर कारोबार भएको थियो ।

यस्तै कारोबार भएको शेयर संख्याका आधारमा नेसनल हाइड्रो पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको ८ लाख ६४ हजार कित्ता शेयर कारोबार भएको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यस्तै लक्ष्मी इक्विटी फण्ड, छ्याङदी हाइड्रो पावर, नेपाल बंगलादेश बैंक, नेरुडे लघुवित्त विकास बैंक, नेपाल बैंक, लक्ष्मी बैंक, सांग्रिला विकास बैंक, महाकाली विकास बैंक, भार्गव विकास बैंकको विभिन्न प्रकारका नयाँ शेयर स्टकमा सूचीकृत भए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *