काठमाडौँ, ९ भदौ । नेपालमा ठूला पूर्वाधार आयोजनामा लगानी गर्न चीनले चासो व्यक्त गरेको छ ।
नेपाल भ्रमणमा रहेका चीनका भौतिक पूर्वाधारमन्त्री युआन सुहोङले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरसँग भौतिक पूर्वाधारको आवश्यकता र त्यसमा चीनले गर्न सक्ने सहयोगका विषयमा छलफल गरेको हो । चिनियाँ मन्त्री सुहोङसहितको चिनियाँ प्रतिनिधिमण्डलले सिंहदरबारमा मन्त्री बलायरसहित सरोकारवाला मन्त्रालयका उच्च अधिकारीसँग चिनियाँ लगानी भित्र्याउनेबारे छलफल गरेको थियो । बैठकमा मन्त्री बलायरले चीनले नेपाललाई प्राथमिकतामा राखेर लगानी गर्न सक्ने भौतिक पूर्वाधारका परियोजनाबारे जानकारी गराएका थिए ।
उहाँले काठमाडौँ–स्याफ्रुबेँसी, सामाखुसी–टोखा–छहरे ३४ किमी सुरुङ मार्गसहितको सडक निर्माण, अरनिको राजमार्ग दुई लेनको बनाउने तथा पोखरा–बागलुङ ७३ किमी सडकको स्तरोन्नति गरी दुई लेन बनाउने प्रक्रिया अघि बढेको जानकारी गराउनुभएको थियो । त्यसैगरी अरनिको राजमार्गको स्तरोन्नति गर्ने, स्याफ्रुबेँसी–रसुवागढी १६ किमी सडक दुई लेन बनाउने, भूकम्पबाट अवरुद्ध तातोपानी नाखा खुलाउने, सिगात्से–रसुवागढी– काठमाडौँ, काठमाडौँ–पोखरा र मेची महाकाली रेलले सञ्जाल विस्तारबारे लगानी गर्न मन्त्री बलायरले चिनियाँ पक्षसँग आग्रह गरेका छन । उपयुक्त आयोजनामा चिनियाँ पक्ष लगानी गर्न सकारात्मक भएको छ ।
चिनियाँ मन्त्री युआनले हालसम्म चीनले नेपालमा जे–जति लगानी गरिरहेको छ, त्यो सानो आकारको भएको र आगामी लगानी रेल्वे सञ्जाल, ठूला राजमार्गजस्ता पूर्वाधारयुक्त आयोजनामा ठूलो लगानी गर्ने बताए । उनले चीन नेपाललाई सहयोग गर्न एकदमै तत्पर रहेको र अब ठूला आयोजनामा लगानी गर्न नेपाल सरकारसँग ठोस प्रस्ताव मागेको थियो । चिनियाँ पक्षले पूर्वाधार विकासमा लगानी, लगानी सुरक्षितसम्बन्धी कानूनी अवस्थाबारे जानकारी लिनाका साथै विदेशी लगानीमा भइरहेका निर्माण पूर्वाधारको सुपरिवेक्षण र अनुगमनसम्बन्धी कानून बुझ्न नेपाल आएको मन्त्रालयले जनाएको छ ।
बैठकको सहजीकरण गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल तथा अर्थ, कानून, परराष्ट्र मन्त्रालय तथा लगानी बोर्डका सम्बन्धित शाखाका प्रमुखले नेपालको कानून, आर्थिक लगानीको सम्भावना, कर प्रणाली, कानुनी अवस्था र लगानीको अवसरबारे चिनियाँ पक्षलाई जानकारी गराएका थिए ।
गभनर्र डा नेपालले नेपालमा वैदेशिक लगानी भित्र्याउन कानूनी सरलता रहेकाले जोसुकैले लगानी गर्नसक्ने बताए । बैठकमा भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङ, नेपालका लागि चिनियाँ राजदूत यु होङसहित मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो । नेपाल सरकारको निमन्त्रणामा पाँच सदस्यीय चिनियाँ प्रमण्डल औपचारिक भ्रमणका लागि आजै नेपाल आएको हो ।
lasuna usa – purchase himcolin pill cost himcolin
cheap besifloxacin – buy sildamax without prescription buy sildamax online cheap
gabapentin 800mg price – buy sulfasalazine 500 mg without prescription azulfidine 500mg pills
order probenecid 500 mg pills – order generic benemid order carbamazepine 200mg for sale
celecoxib 200mg uk – indomethacin 50mg canada buy generic indomethacin
mebeverine 135mg tablet – arcoxia 60mg pill buy cilostazol medication
diclofenac 100mg price – aspirin online purchase aspirin for sale
order rumalaya generic – order rumalaya generic order endep 50mg pill
mestinon 60mg pills – where to buy mestinon without a prescription azathioprine 25mg oral
buy cheap voveran – buy generic nimodipine for sale how to buy nimotop
buy baclofen online – buy generic lioresal for sale piroxicam order