२०८३ वैशाख २० गते | 3rd of May 2026

लगानी कोषको २२ प्रतिशत बोनस सेयर साधरणसभाबाट स्वीकृत

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १६ गते १६:१४

काठमाडौं १६ भदौ । नागरिक लगानी कोषको २१ औ बार्षिक साधारण सभाले सेयरधनीलाई २१ दशमलव ०८ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई शुक्रवार स्वीकृत गरेको छ । कोषले प्रदान गरेको बोनस सेयरको कर प्रयोजनका लागि १ दशमलव १५ प्रतिसत नगद लाभांस पनि साधरणसभाले अनुमोदन गरेको छ।

कोषले आर्थिक वर्ष २०७१र७२ मा गरेको मुनाफाबाट यो लाभांस प्रदान गरेको हो । कोषले उक्त आर्थिक वर्षमा ४८ करोड ६८ लाख ९७ हजार रुपैया आम्दानी गरेको थियो। त्यो त्यस अघिल्लो बर्षको तुलनामा ३१ दशमलव २१ प्रतिसत बढि भएको कोषले शुक्रवार जारी प्रेस विज्ञप्तिमा छ। कोषले उक्त आर्थिक वर्षमा १८ करोड ६१ लाख ४६ हजार रुपैयाँ खुद नाफा गरेको थियो।

साधारण सभाले कोषमा नयाँ संचालक समेत चयन गरेको छ। सर्वसाधरण सेयरधनीको तर्फबाट अशोक बुढाथोकी र बित्तीय संस्था समुहबाट नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि कमलेशकुमार अग्रवाल निर्विरोध निर्वाचीत भएको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए। निर्वाचित सञ्चालकको अवधि पाँच बर्ष रहनेछ।

नागरिक लगानी कोषको २२ प्रतिशत बोनस सेयर साधरणसभाबाट स्वीकृत, दुई नयाँ सञ्चालक समेत चयन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *