काठमाडौं २९ भर्दौ । केहि समय यता निरन्तर घटेको बजारमा साताको अन्तिम दिन आज बिहिबार भने भारी वृद्धि भएको छ । आज नेप्से सूचक ३७,११ अंकले बढेर १५३०।३१ को उचाईमा पुगेर बन्द भएको छ ।
आज कारोबारमा आएका १६१ कम्पनीका ११ लाख ७० हजार ७२ कित्ता शेयर खरिद बिक्रिबाट ६३ करोड ५० लाख ५ हजार ३ सय ५४ रुपियाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका सबै सूचक बढेर हरियो भएका छन् ।
आज नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै ३ करोडको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा फरवार्ड माइक्रोफाइनान्स, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतका रहेका छन् ।
यस दिन आज मात्रै २० महिनापछि कारोबार खुलेको बिशाल बजारको शेयर मूल्य १० प्रतिशतले बढेको छ । राष्ट्रिय बिमा कम्पनीको शेयर मूल्य पनि आज १० प्रतिशतले बढेको छ ।
उता आज नै ३५ प्रतिशत लाभांश घोषणा गरेको नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।