२०८१ चैत १ गते | 15th of March 2025

ठूलो प्याकेज बनाई टेण्डर आह्वान नगर्न एडीबीलाई निर्माण व्यवसायीको आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ३० गते १६:२१

काठमाडौँ / नेपाल निर्माण व्यवसायी महासंघले एसियाली विकास बैंकका अधिकारीलाई ज्ञापन बुझाएको छ। महासंघले साना बोलपत्र आह्वानका सन्दर्भमा एडीबीको कार्यालयमा ज्ञापनपत्र बुझाएको हो। सरकारी निकाय (डोलिडार) ले स्थानीय निर्माण राष्ट्रिय दैनिकमार्फत् दुई र तीन जिल्लाका निर्माण कार्यहरूलाई एउटैमा गाभेर ठूलो प्याकेज बनाई टेण्डर आह्वान गरेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमार्फत् जनाएको हो।

मुलुक संघीय प्रणालीमा गई शक्ति विकेन्द्रीकरणको अभ्यास भइरहेको वर्तमान अवस्थामा स्थानीय निर्माण व्यवसायीहरूलाई पनि सशक्त बनाउन उत्तिकै जरुरी भएको महासंघको ज्ञापनपत्रमा उल्लेख छ।

सार्वजनिक खरिद ऐन, २०६३ अनुसार समेत कुनै पनि निर्माण कार्यमा टेण्डर प्रतिस्पर्धा सीमित हुन नहुने महासंघको भनाइ रहेको छ। स्थानीय निर्माण व्यवसायीहरूले समेत सहभागिता जनाउन सक्ने गरी डोलिडारलगायतका सरकारी निकायहरूलाई पुनः टेण्डर आह्वानका लागि आवश्यक निर्देशन दिन महासंघले ज्ञापनपत्रमार्फत् माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *